|

काठमाडौं : महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल र मृतकका आफन्तबीच सहमति भएको छ। मंगलबार बिहान एकजना ६२ वर्षीय कोरोना संक्रमित पुरूषको मृत्यु भएपछि उनका आफन्तले कोभिड आइसियुमा कार्यरत डाक्टरमाथि हातपात गरेका थिए।

आफन्तसँग सहमति भैसकेको अस्पतालका प्रवक्ता रामबिक्रम अधिकारीले जानकारी दिए। उनका अनुसार बुटवलबाट रिफर गरी ल्याइएका ६२ वर्षीय बिरामीको मंगलबार बिहान ११ बजेतिर उपचारका क्रममा मृत्यु भएपछि आफन्तहरु चिकित्सकको लापरवाहीले ज्यान गएको भन्दै हुलदंगामा उत्रिएका थिए।

निमोनियाको कारण बुटवलबाट शिक्षण अस्पतालमा रिफर गरिएका ती बिरामीलाई बुटवलमा गरिएको पिसिआर जाँच नेगेटिभ थियो। सोही कारण उनलाई शिक्षण अस्पतालको ननकोभिड वार्डमा उपचार गरिएको थियो।

उपचारको क्रममा भाइरल इन्फेक्सनको शंकापछि इन्फ्लुएञ्जाको परीक्षण गर्न टेकुस्थित जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियोे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.