|

काठमाडौं : साहित्यकार डा. बालाकृष्ण अधिकारीको ‘मार्क्सवाद र साहित्येतिहास दर्शन’ पुस्तक सार्वजनिक भएको छ। नेपाली साहित्यमा मार्क्सवादको प्रयोगलाई उतारिएको पुस्तकमा नेपाली ज्ञान संकथनको विमर्श गरिएको अधिकारीले बताए।

उनले आफ्नो पुस्तकमा पाँचवटा परिच्छेदमा राखेको जानकारी दिए। पुस्तकको पहिलो परिच्छेदमा इतिहासको अवधारणा, इतिहास र साहित्य र इतिहासबीचको सम्बन्ध, साहित्य इतिहासको अर्थ, परिभाषा र साहित्य इतिहासको स्वरूप प्रस्तुत गरिएको छ।

दोस्रो परिच्छेदमा साहित्य इतिहासका मार्क्सवादी आयामहरूमा अधिरचनाका रूपमा साहित्य इतिहास, साहित्य इतिहासमा परम्परा र नवीनताका बीचको द्वन्द्व, अतीत र वर्तमानको सम्बन्ध तथा अन्तर्वस्तु र रूपको सम्बन्धका बारेमा विमर्श गरिएको जानकारी दिए।

यस्तै, तेस्रो परिच्छेदमा साहित्य इतिहासको अन्तर्वस्तु निर्माणका घटनावृत्त, विचारधारा र भावधारा, कालविभाजन, जीवनी, कार्यकारण सम्बन्ध, प्रकल्पना, इतिहासचेतना र मूल्यनिर्णय गरी आठ ओटा तत्वको मार्क्सवादी कोणबाट व्याख्या–विश्लेषण गरिएको डा। अधिकारीले बताए।  

पुस्तकको चौथो परिच्छेदमा क्रमशः साहित्य इतिहासमा रूपयोजनाको महत्व स्थापित गर्दै योजना, विधि र प्रस्तुतीकरणका बारेमा सैद्धान्तिक विमर्श र पाँचौमा साहित्य इतिहास अध्ययन–विश्लेषणको पद्धतिका बारेमा चर्चा गरिएको बताए।

शिखा बुक्सबाट प्रकाशित यस पुस्तकले नेपाली साहित्यमा नयाँ बहसको आरम्भ गर्ने  बुक्सका प्रमुख पुष्पराज पौडेलले बताए। पुस्तक नवीन ज्ञानसंकथन भएकाले पाठकका लागि पठनीय, संग्रहणीय र मन्थनयोग्य भएको पौडेलको दाबी छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.