|

काठमाडौं : ललितपुर महानगरले पाटन अस्पताललाई अक्सिजन प्लान्ट स्थापना गर्न एक करोड रुपैयाँ आर्थिक सहयोग गरेको छ।

मंगलबार एक कार्यक्रमबीच पाटन अस्पताललाई ललितपुर महानगरपालिकाका  प्रमुख चिरिबाबु महर्जनले चेक हस्तान्तरण गरे। कार्यक्रममा प्रमुख महर्जनले अस्पतालले महानगरवासीलाई पुर्याएको सहयोगका लागि महानगरले थोरै भए पनि सहयोग गर्न पाएकोमा सन्तोष मिलेको बताए। सहयोगको शिलशिला बल्ल सुरु भएको भन्दै महर्जनले आगामी दिनमा निरन्तर सहयोग उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरे।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत रहेको पाटन अस्पताल पुरानो र विश्वसनीय अस्पतालको रुपमा चिनिन्छ। यस अस्पतालअन्तर्गत रहेको स्याटलाइट अस्पतालहरुले देशैभरि सेवा दिइरहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.