भारतीय प्रतिपक्षी दल कांग्रेसका नेता राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीले आफूलाई मार्न सक्ने बताएका छन्। गान्धी कांग्रेसका पूर्व अध्यक्ष हुन्।
मंगलबार आयोजित पत्रकार सम्मेलनमा गान्धी निकै लामो समयसम्म बसेको थिए। त्यसक्रममा उनले देशमा जारी किसान आन्दोलनलाई उधृत गर्दै भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको सरकारमाथि यस्तो आरोप लगाएका हुन्।
गान्धीले भने, 'म डराएको छैन, उनी (मोदी) ले मलाई छुन पनि सक्ने छैनन्, बरु गोली हान्न सक्नेछन्।'
हाल भारतभरि त्रासदी मच्चिएको, तर सरकारले त्यसलाई देखे/नदेखे गरेको गान्धीले आरोपको बीबीसी हिन्दीमा उल्लेख छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।