|

काठमाडौं : राष्ट्रिय महिला लिग फुटबल आजदेखि सुरु हुँदैछ। 

लिगको उद्घाटन खेलमा दुई विभागीय टिम नेपाल पुलिस र त्रिभुवन आर्मी क्लबबीच प्रतिष्पर्धा हुनेछ। खेल दशरथ रंगशालामा दिउँसो २ बजे सुरु हुने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ। 

पहिलो र अन्तिम खेल दशरथ रंगशालामा भएपनि प्रतियोगिताका बाँकी खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा हुनेछन्। प्रतियोगितामा आर्मी र पुलिससहित सशस्त्र प्रहरीको एपीएफ, बिराटनगर महानगरपालिका मोरङ, चौदण्डीगढी नगरपालिका उदयपुर, वालिङ नगरपालिका स्याङ्जा र चन्द्रपुर नगरपालिका रौतहट गरी ७ टिम सहभागी छन्। प्रतियोगितामा पहिलो हुने टिमले १५ लाख, दोस्रोले ८ लाख, तेस्रोले ५ लाख र चौथो हुनेले तीन लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। 

हरेक टोलीलाई तयारी स्वरुप एक लाख र कोभिड रिलिफ फण्ड अनुरुप थप ५० हजार रुपैयाँ दिइएको एन्फाले जनाएको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.