|

काठमाडौं :  प्रतिनिधिसभाको विघटनको विरोधमा युवाहरूले सडकमै नमुना संसद् चलाएका छन्। बुधबार बिहान पद्मोदय मोडमा युवाहरुले नमुना संसदको रुपमा सडकमा राष्ट्रियसभाको बैठक राखी सांकेतिक विरोध गरेका हुन्।

६ दशक लामो त्याग र बलिदानबाट प्राप्त संविधानसभाले बनाएको संविधानको मूलमर्म भनेकै सुधारिएको संसदीय व्यवस्था रहेको भन्दै युवाहरूले  संविधान बचाउनु हामी सबैको कर्तव्य रहेको बताए।

भिडियो :

प्रतिनिधिसभाको विघटनको विरोधमा (नमुना संसद) सडकमा हुने राष्ट्रियसभाको बैठकको आयोजना गरेको सहभागी युवाले जनाएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.