|

काठमाडाैं : नक्साअनुसार जग्गा मिलाइदिने भन्दै सेवाग्राहीसँग घुस लिएको आरोपमा भूमिसुधार तथा मालपोत कार्यालय लगनखेल ललितपुरका नासु मन्दीप कुमार श्रेष्ठ र लेखापढी व्यवसायी रमेशलाल श्रेष्ठलाई अख्तियारले नियन्त्रणमा लिएको छ। 

उनीहरूले सेवाग्राहीको जग्गा हालसाविकको क्रममा ट्रायल चेक गर्दा नक्साअनुसार क्षेत्रफल बढी भएको भनी सो मिलाउन अतिरिक्त रकम (४० हजार) माग गरिरहेको  सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार कार्यालय टंगालबाट खटिएको टोलीले ललितपुर महानगरपालिका–१२ लगनखेल बसपार्कबाट नियन्त्रणमा लिएको हो। 

श्रेष्ठद्वयलाई हिजै ६ गते नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.