|

काठमाडौं : इण्डियन प्रिमियर लिग आइपिएलको फ्रेन्चाइज टिम दिल्ली क्यापिटल्सले आइपिएल अक्सनअघि तीन खेलाडी रिलिज गरेको छ। उसले नेपाली लेगस्पिनर सन्दीप लामिछानेसहित ओपनिङ ब्याट्सम्यान जेसन रोय र तीव्र गतिका बलर मोहित शर्मालाई रिलिज गरेको हो ।

गत सिजनमा सन्दीपले एक म्याच पनि खेल्न पाएनन्। दिल्ली फाइनल पुग्दासम्म उनी बेन्चमै सीमित भएका थिए। उनी २० लाख भारुमा २०१८ मा दिल्लीमा अनुबन्ध भएका थिए।

त्यस्तै, रोयले गत सिजनमा नाम फिर्ता लिएका थिए। दिल्लीसँग पृथ्वी शा, अजिंक्य रहाणे, शिखर धवन, मार्कस् स्टोइनिस ओपनिङ ब्याट्सम्यानका रूपमा रहेकाले रोयलाई दिल्लीले रिलिज गरेको हुन सक्छ।

गत सिजनमा खराब प्रदर्शन गरेकाले मोहित यो वर्ष रिलिज गरिएको हो। उनी गत सिजनमै दिल्लीमा जोडिएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.