|

जुम्ला : जुम्लाको हिमा गाउँपालिका–१ मा ट्याक्टर दुर्घटना भएको छ। ​एक बालकको घटनास्थलमै मृत्यु भएको छ। ट्याक्टर दिउँसो २ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी युवन चौधरीले बताए।

हिमा गाउँपालिका उपाध्यक्ष हिमाली रोकायाको नम्बर नखुलेको नयाँ ट्याक्टर कोइरेलीबाट बालुवा लोड गरी नराकोटतर्फ जाँदै गर्दा दुर्घटना भएको हो। हिमा–२ का ९ वर्षीय हिमाल रोकायाको मृत्यु भएको जुम्ला प्रहरीले जनाएको छ। बालकको कसरी भयो भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ। यद्यपि केही बालक ट्याक्टरको पछाडि झुण्डिएका हुन सक्ने प्रहरीले अनुमान छ। 

ट्याक्टर चालक नितेश शाहीलाई प्रहरी चौकी बड्कीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी चौधरीले बताए। दुर्घटनापछि नाग्मा मुगु सडक खण्ड अवरोध भएको र अवरोध खुलाउन उनै इन्स्पेक्टर चौधरीको कमाण्डमा ११ जनाको टोली खटाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख माधव काफ्लेले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.