|

काठमाडाैं : नेपाली खेलकुदको पर्याय बनेको दशरथ रंगशाला बुधबार एकपटक पुन नेपाली खेलकुदमा खुसी फर्काउने माध्यम बन्यो।

लामो समय धेरै खेलकुद गतिविधि ठप्प बनेको अवस्थामा महिला लिगको उद्घाट्नसँगै विभागीय डर्वीबीचको खेल हेर्न आएका दर्शकको उपस्थितिले पुन खेलकुद ट्रयाकमा फर्कँदै गरेको सन्देश सम्प्रेषण गरेको छ।

गत वर्षको फेब्रअरी १५ अर्थात् (माघ १) अर्थात एक वर्षअघि सहिद स्मारक ए डिभिजन लिग फुटबलमा मच्छिन्द्र क्लब त्रिभुवन आर्मी क्लबबीच भएको खेलपछि दशरथ रंगशालामा कुनै पनि ठूला फुटबल इभेन्ट भएका थिएनन्।

सधैंजस्तो हुन्थ्यो भने अहिले पनि रंगशालामा ए डिभिजन लिग फुटबल प्रतियोगिताको उपाधि होड रोमाञ्चक अवस्थामा पुगेको हुन्थ्यो। तर यो पटक लामो समय पछि फुटबल त मैदान फर्किएको छ तर पुरानै अवस्थाको फर्म भने फर्कन समय लाग्न सक्ने छ। 

कोरोना कहरबीच फर्किएको लिग

गत सिजनको सहिद स्मारक लिगकको अन्तसँगै विश्वव्यापी बनेको कोरोना भाइरसको महामारी अहिले पनि शान्त भएको छैन। अन्योल ग्रस्त बनेको जनजीवन विस्तारै सामान्य बन्दै गर्दा नेपाली खेलकुद क्षेत्र पनि चलायमान बन्दै गएको छ। तर कोभिडको डर कम भए पनि अन्योल कायम छ। 

एक वर्षपछि रंगशालामा फुटबलको खुसीमात्र फर्किएको थिएन। दर्शकको उपस्थिति पनि आशातीत थियो। सबै खेलकुद गतिविधि बन्द रहेको अवस्थामा खेलाडीको भविष्य अन्योल ग्रस्त त थियो नै साथमा फुटबल लिग र धेरै खेलाडी र क्लबहरु अनिश्चितता तर्फ धकेलिएका थिए।

रंगशालामा बुधबारबाट सुरू भएको महिला लिगले नेपाली फुटबलमा पुन नयाँ आशा सञ्चार गरेको छ। विस्तारै फुटबल ट्रयाकमा फर्कने विश्वास गर्न सकिन्छ। साथमा पुरुष फुटबल पनि अब मैदानमा आउने दिनको प्रतीक्षामा नेपाली फुटबल समर्थक रहेका छन्।

महिला लिगसँगको अपेक्षा

नेपाली फुटबलमा सधैँ एउटा चर्चा हुने गर्छ, जबजब महिला टिमले दक्षिणा एसियाली खेलकुदमा राम्रो प्रदर्शन गर्छ तब मात्र व्यावसायिक महिला लिग र फुटबल बारे बहस हुन्छ।

पुरुष फुटबल जति अवसर पाउने हो भने नेपाली महिला फुटबलले ठूलो फड्को मार्छ। दक्षिण एसियामा भारतमात्र एक्लो प्रतिद्वन्द्वीका रुपमा रहेको नेपालका लागि महिला फुटबलमा भएको लगानी नगण्य छ।

अब व्यावसायिक बनेको लिगबाट नेपाली महिला फुटबलको नयाँ अध्यायको सुरुवात त भएको छ। अब विस्तारै नयाँ प्रतिभा जन्मने अपेक्षा पनि नेपाली फुटबलले लिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.