|

मुगु : मुगुमा एक व्यक्तिले शिक्षकलाई दाउराले हानेर घाइते बनाएका छन्। 

छायानाथ रारा नगरपालिका–७ घुईर घर भई मुर्मामा रहेको विद्यालयमा कार्यरत २९ वर्षीय पदम रावललाई छायानाथ रारा–७ पिनाका ३४ वर्षीय ऐन बहादुर बमले दाउरा प्रहार गरी गम्भीर घाइते बनाएका हुन्। 

जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरीक्षक चित्रबहादुर भट्टराईले दिएको जानकारीअनुसार रारा तालको छेउमा रहेको डाँफे होटलमा मंगलबार मदिरा सेवन गरेका र राति ११ बजे झडप भएपछि बमले दाउरा प्रहार गरी शिक्षक रावललाई घाइते बनाएका थिए।  

घाइतेका जेठान दीर्घराज ऐडीका अनुसार विद्यालयबाट घर फर्किने क्रममा खाजा खान डाँफे होटलमा गएका र त्यही मौकामा ऐन बहादुर बमले आफ्ना ज्वाईंलाई कोठामा थुनेर मरणाशन्न हुने गरी कुटपिट गरेका थिए।  

अचेत अवस्थामा रहेका घाइते रावलको टाउकोमा तीन ठाउँमा गहिरो चोट छ। अहिले जिल्ला अस्पताल मुगुमा रावलको उपचार भइरहेको छ। झगडाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.