|

काठमाडौं : इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेष्टर युनाईटेड फेरि शीर्ष स्थानमा उक्लिएको छ।  गएरातिको  खेलमा फुलह्यामलाई २-१ गोल अन्तरले हराउँदै युनाईटेड फेरि शीर्ष स्थानमा उक्लिएको हो।

हिजो चेल्सीलाई हराउँदै लेस्टर सिटी  शीर्ष स्थानमा उक्लिएको थियो। युनाईटेडलाई लगातार जित दिलाउन इडिसन काभानी र पउल पोग्बाले गोल गरे। खेलमा अग्रता भने फुलह्यामले लिएको थियो ।

उसका लागि खेल शुरु भएको ५ मिनेटमै एडमोला लुकम्यानले गोल गर्दै टिमलाई शुरुवाती अग्रता दिलाएका थिए। युनाईटेडका लागि काभानीले बराबरी गोल गरे । खेलको ६५ औँ मिनेटमा पोग्बाले निर्णायक गोल गर्दै टिमलाई शीर्ष स्थानमा फर्काउन सफल भए।

जितपछि युनाईटेड १९ खेलबाट ४० अंकसहित लिगको शीर्ष स्थानमा छ। एक खेल कम खेलेको म्यानचेष्टर सिटी ३८ अंकसहित दोस्रो र लेस्टर सिटी तेस्रो स्थानमा छ । साबिक विजेता लिभरपुल भने ३४ अंकसहित चौथो स्थानमा छ। फुलह्याम भने १२ अंकसहित रेलिगेसन जोनमा छ। 

गएराति नै भएको अर्को खेलमा म्यानचेष्टर सिटीले एस्टन भिल्लालाई २ -१ ले हरायो।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.