शिक्षक श्रेष्ठको हत्याको कसुरमा अनुसन्धान हुँदै

|

विराटनगर : विप्लव समूहका मोरङ जिल्ला इन्चार्जलाई प्रहरीले हतियारसहित पक्राउ गरेको छ। नेकपा विप्लव समूहका मोरङ जिल्ला इन्चार्ज धनबहादुर विकलाई  बुढिगंगा-४ बाट पक्राउ गरिएको हो।

 मोरङ उद्योग- व्यवसायीसँग चन्दा मागेर हैरान लगाउँदै आएका ३२ वर्षीय बिक संखुसभाको मादी नगरपालिका–४ ओखरबोटेका स्थायी बासिन्दा भएको खुलेको छ। विकलाई चन्दा माग्ने क्रममै रहेका बेला बुधबार नियन्त्रणमा लिइएको मोरङ प्रहरीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक मानबहादुर राईले जानकारी दिए।

प्रवक्ता राईका अनुसार विशेष सूचनाका आधारमा प्रहरीले उनलाई नियन्त्रणमा लिएर खानतलासी गर्दा हतियारसहित विभिन्न सामानसमेत बरामद भएको थियो।
शिक्षक श्रेष्ठको हत्याको कसुरमा अनुसन्धान हुँदै

पक्राउ परेका विकलाई प्रहरीले गते मोरङ मिक्लाजुङ १ बर्खेमा हत्या गरिएको शिक्षक राजेन्द्र श्रेष्ठको कर्तव्य गर मारेको कसूरमा समेत अनुसन्धान गर्ने भएको छ।  शिक्षक श्रेष्ठको  गत मंसीर २३ गते हत्या भएको थियो। 

उनको साथबाट अटोमेटिक पेस्तोल, गोली र विभिन्न नम्बर भएको सिमकार्ड, मोवाइल र  को २४ प ४००५ नम्बरको पल्सर मोटरसाइकल समेत बरामद गरेको प्रहरीले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.