|

काठमाडौं : पछिल्लो २४ घण्टामा मुलुकभर तीन सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्ये दिएको जानकारीअनुसार हालसम्म २० लाख ३१ हजार ७ सय ५६ जनाको पिसिआर परीक्षण गरिएको छ। बुधबार मात्र पाँच हजार ३० जनाको कोरोना परिक्षण गरिएको थियो।

मन्त्रालयका अनुसार कुल संक्रमित  २ लाख ६८ हजार छ सय ४६ जना छन्। जसमध्ये सक्रिय संक्रमिततीन हजार ७ सय ९९ छन्। बितेको २४ घण्टामा थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। नेपालमा हालसम्म कोरोनाकै कारण मृत्यु हुनेको संख्या १९ सय ७९ जना पुगेको छ भने दुई सय २६ संक्रमणमुक्त भएका छन्।

हालसम्म २ लाख ६२ हजार ८ सय ६८ जना संक्रमणमुक्त भएका छन्। हाल क्वारेन्टाइनमा रहनेको संख्या एक सय ७२ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.