काठमाडौं : ऊर्जा मन्त्री टोपबहादुर रायमाझीले पुष्पकमल दाहाल प्रचण्डले चक्कु देखाएर पाकेट मार्न खोजेजस्तो गरेको आरोप लगाएका छन्। प्रेस संगठन नेपालको दोस्रो राष्टिय भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
'ए अब मांसाहारी आन्दोलन गर्ने, टाउका फुटाउने? यो कस्तो खालको विचार हो? योभन्दा ठूलो पाखण्ड अरु के हुन्न सक्छ'? उनले भने, 'मांसाहारी आन्दोलन गर्ने? काशी जान कुतीको बाटो रोज्ने।'
प्रचण्ड मजबुत मान्छेको फेला परेकाले सडकमा पुगेको उनले बताए। 'तरकारी काट्ने चक्कु देखाएर पाकेट मार्ने खोजे जस्तो देखियो। कमजोर भएको भए सफल हुन्थे होला। तर, मजबुद मान्छेको फेला परेर सडकमा पुगे', उनले टिप्पणी गरे।
तपाईंको ईमेल गोप्य राखिनेछ ।