|

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी कमिटी सदस्य जनार्दन शर्माले प्रधानमन्त्री केपी शर्मा ओली संघीयता खारेज गर्ने विषयमा छलफल चलाइरहेको बताएका छन्। सुर्खेतमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। 

‘बालुवाटारमा छलफल भएको सुने संघीयता खारेज गर्न रे’ उनले भने, ‘तीन तहको सरकार निर्माण गरेका छौँ त्यसलाई सुदृढ बनाएर जनताको काम गर्न चाहन्छौँ।’

प्रधानमन्त्री ओलीको कारणले देशमा भ्रष्टाचार वृद्धि भइरहेको आरोप लगाए। 'देशमा भ्रष्टाचार भइरह्यो। हिनामिना भइरह्यो भनेर हामीले कुरा उठाइरहेका थियौँ। तर, उहाँले त्यो कुरा कहिल्यै सुन्न भएन' उनले भने, 'ओलीको कदमले पार्टी र देश अगाडि बढ्न सक्दैन भनेर आवाज उठाइरहेका छौँ।' 

‘केपी ओलीलाई जनता भावना अनुसार सरकार र पार्टी चलाउन पहल गरेका हौँ। अध्यक्ष पनि भइराख्ने पाँच बर्ष प्रधानमन्त्री हुने निर्णय पनि गरेका थियौँ। पार्टी एकता बिथोल्ने हर्कत बाट रोक्ने कुरामा सकेनाैं,' उनले भने।  

प्रधानमन्त्री ओली दलालको पक्षमा उभिएको दाबी गरे। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.