|

काठमाडौं : कोपा डेल रे कप फुटबलमा बार्सिलोना अन्तिम १६ मा पुगेको छ । गएराति सम्पन्न खेलमा बार्सिलोनाले कोरेनेला क्लबलाई २-० ले पराजित गर्दै कोपाको अन्तिम १६ मा पुगेको हो।

निर्धारित ९० मिनेटको समयमा दुवै टिमबाट कुनै गोल नभएपछि खेल अतिरिक्त समयमा गएको थियो।  बार्सिलोनाले दुवै गोल अतिरिक्त समयमा गरेको थियो।  खेलको ९२औ मिनेटमा ओसुमान डेम्बेलेले र १२१औ मिनेटमा मार्टिन ब्रेथवैटले एक एक गोल गरेका थिए।  त्यस्तै खेलको ११८ औ मिनेटमा कोरनेलाका अल्बेर्ट फेर्नानडेजले रातो कार्ड पाएका थिए।

यस खेलमा बार्सिलोनाका लियोनेल मेस्सी प्रतिबन्धका कारण खेलेका थिएनन्। मेस्सीलाई अघिल्लो खेलमा रातो कार्ड पाएपछि दुई खेलको प्रतिबन्ध लगाइएको छ ।

अब कोपा डेल रे को अन्तिम १६ को समीकरण पुरा भएको छ। गएराति नै भएकाे अर्काे खेलमा एथ्लेटिको बिल्बाओले इबिजालाई २-१ ले हरायो

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.