काठमाडौं नै अस्तव्यस्त हुनेगरी प्रचण्ड–माधव समूहको प्रदर्शन

|
फाइल फोटो

काठमाडौं : संसद विघटन विरुद्ध सरकारको विरोध गर्दै आएको नेकपा प्रचण्ड–माधव समूहले आज काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ। देशभरका विभिन्न जिल्लाबाट भित्रिएका नेकपा नेता कार्यकर्ताका कारण आज काठमाडौंका सडक भरिभराउ भएका छन्। 

प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक कदम चालेपछि त्यसको प्रतिगमनमा उत्रिन बाध्य भएको स्थायी कमिटी सदस्य पम्फा भुषालले बताइन्। 'हामी प्रतिगमनका पीडा भोगिरहेका छौं', उनले भनिन्, 'हाम्रा घाउ चहराइहेको छ। त्यसविरुद्धमा हामी लागेका छौं। हाम्रै पार्टीका अध्यक्ष भएका केपी ओलीविरुद्ध हामी उत्रिएका छौं।'
 
जनमतका विरुद्ध दुई तिहाइको मतलाई लत्याएर राजा महेन्द्रजस्तो केपी ओली बनेको आरोप लगाइन्। 'राजा ज्ञानेन्द्रविरुद्ध पनि हामी लडेर त्यसलाई पराजित गर्याैं। तर, आज पार्टीले बनाएको प्रधानमन्त्रीले वैदेशिक शक्तिको आडमा प्रतिगामी को बलमा पार्टी विभाजन गरी संविधान र सहिदका रगतमाथि 'कु' गरेर विश्वासघात गरे', उनले भनिन्। 

केपी ओली इतिहासकै खलनायक बनेका उनले आरोप लगाइन्। 'केपी ओली इतिहासकै खलनायक बने,' त्यसकैविरुद्ध आन्दोलन गरिरहेका छौँ। जनताको बलमा ल्याएको परिवर्तन जनतालाई नै दिन आन्दोलन गरेको छौँ', उनले भनिन्, 'संविधान र जनतामाथि 'कु' गरेर राष्ट्रपतिले समेत 'कु' गरेका कारण तसर्थ अग्रगमनको पक्षधरमा लागिपरेका छौँ।' 

भेलालाई अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, बरिष्ठ नेता झलनाथ खनाल लगायत नेताहरुले सम्बोधन गर्नेछन्। भेला संघर्ष समितीको संयोजक तथा प्रवक्ता नारायणकाजी श्रेष्ठको अध्यक्षतामा बसिरहेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.