|

भारतको पुणेस्थित खोप निर्माता कम्पनी सीरम इन्स्टिच्युटमा आगलागी हुँदा १६ अर्ब रुपैयाँ (१० अर्ब भारु) बराबरको क्षति भएको छ। यो इन्स्टिच्युटले अहिले बेलायतको अक्सफोर्ड विश्वविद्यालयसँग मिलेर कोरोना भाइरस विरुद्धको खोप बनाइरहेको छ। 

सीरमको फ्याक्ट्रीमा गत बिहीबार आगो लागेको थियो। सीरम इन्स्टिच्युट अफ इन्डियाका प्रमुख कार्यकारी अधिकृत (सीइओ) अदाल पूनावालाले आगलागीबाट कम्पनीलाई एक हजार करोड (१० अर्ब) क्षति भएको जानकारी दिएका हुन्। तर, कोरोनाविरुद्धको खोप बनाउने काममा यो दुर्घटनाबाट कुनै असर नपुगेको उनले बताएका छन्। 

इन्स्टिच्युटमा रहेको औषधि बनाउने इकाइमा आगलागी हुँदा पाँच जनाको मृत्यु भएको छ। बीसीजी लगायतका केही खोप आपूर्तिमा भने निश्चित समयसम्म अवरोध आउने इन्स्टिच्युटले जानकारी दिएको छ। 

सीरम विश्वकै सबैभन्दा ठूलो खोप उत्पादक कम्पनी हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.