|

काभ्रे : जिल्लाको बुडोल र मंगलटारमा बम विष्फोट भएको छ।

गएराति बनेपा नगरपालिका वडा नम्बर ६ स्थित बुडोल र रोशी गाउँपालिका वडा नम्बर ८ को मंगलटारमा बम  विष्फोट भएको हो।

नेत्र विक्रम चन्द 'विप्लव' नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीले विस्फोट गराएको आशंका गरिएको छ। सो पार्टीले आज नेपाल बन्द घोषणा गरेको छ। 

प्रहरीले जानकारी दिएअनुसार शनिबार विहान ३:४५ बजेको समयमा जिल्लाको बनेपा-६  बुडोलस्थित सडक छेउमा (झोलामा कुकर जस्तो देखिने) शंकास्पद बस्तु फेला परेको थियो।

सोही स्थानमा एउटा बम भने विष्फोट भएको हो। अहिले सो उक्त स्थानमा नम्बर १५ गण हेक्वा काभ्रेबाट १५ जनाको टोली, ईलाका प्रहरी कार्यालय बनेपाबाट १० जनाको टोली र नेपाली सेनाको बिष्णुदल गण धुलिखेलबाट १ जना (बम डिस्पोजल टोली) खटिएको छ। 

बम विस्फोट भएसँगै चेकजाँच गरी सवारी पास गर्ने क्रममा बनेपामा सवारी जाम नै परेको छ।
 
यस्तै, रोशी-८ नार्के स्थित बिपी राजमार्गको बायाँतर्फको लेनमा पनि बम विष्फोट भएको छ। तर, कुनै मानवीय लगायतका क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।

अरनिको र  बीपी राजमार्गमा सवारीसाधन आवागमन भने अवरुद्ध भएको छ। त्यस्तै लामो रुट हुँदै डाँडापारी र कोशीपारीको ग्रामीण क्षेत्रमा जाने बस चलेका छैनन्‌।

प्रतिबन्धित पार्टीले आह्वान गरेको नेपाल बन्द कार्यक्रमलाई लक्षित गरी गाडीहरू पास गराउन सिन्धुलीबाट ७ जनाको टोली खटिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.