|

दाङ :  गत चैतदेखि कोरोना महामारीका कारण नेपालमा लकडाउन भयो। लामो समयसम्म लकडाउन हुँदा देशको मात्र नभई अर्थतन्त्र धराशायी भयो। तर, पछिल्लो समयमा विभिन्न देशमा खोप उत्पादन भएपछि र कोरोना संक्रमणको दर घट्दै गएपछि धरासायी भएको अर्थतन्त्रले विस्तारै पाइला टेक्न शुरु गरेको छ।

सबै क्षेत्र विस्तारै संचालन भइसकेका छन्। तर लकडाउनदेखि बन्द भएको चलचित्र क्षेत्र अहिले पनि गति लिन सकेको छैन। देशको अर्थतन्त्रमा थोरै भए पनि चलचित्र क्षेत्रको भूमिका छ। चलचित्र क्षेत्रमा लगानी गर्ने लगानीकर्ताहरु पनि पछि हटेका छन्। लगानी नै उठाउन नसक्ने गरी थला परेको चलचित्र क्षेत्र भएका कारण पछाडि हटेको पाइन्छ।

लामो समयदेखि बन्द रहेका चलचित्र हलहरू सञ्चालनसँगै चलचित्र क्षेत्रलाई चलायमान बनाउन पनि सम्बन्धित निकायले सकिरहेका छैनन्। दाङमा चलचित्र क्षेत्रमा कोरोनाले पारेको प्रभाव र अबको बाटो विषयमा बहस कार्यक्रम गरियो र त्यसमा कोरोना कारण विगत लामो समयदेखि बन्द रहेका चलचित्र हलहरू अहिले पनि सञ्चालनमा आउन नसक्नुको मुख्य कारण लगानी डुब्ने डर रहेको सिनेमा हल संचालकको भनाइ छ।

घोराहीमा रहेको  मनकाशी सिनेप्लेक्स संचालक ललित श्रेष्ठले हल मात्र नभई निर्माताहरु पनि लगानी नउठ्ने डरमा रहेको उनले बताए। ‘ठुला-ठुला लगानीमा चलचित्रहरु निर्माण भएका छन्,’ उनले भने,‘अहिले पनि पहिलेको तुलनामा दर्शकहरु सिनेमा हेर्न आउँदैन्। जसले गर्दा निर्माताहरुले चलचित्र रिलिज गर्न सकेका छैन।’

उनले राज्यले अन्य क्षेत्रलाई जस्तो निति नियम लागू गरेर पहिले नै सञ्चा‍लन गर्ने दिएको भए अहिले चलचित्र क्षेत्रको यस्तो अवस्था नआउने समेत बताए। हल संचालन मात्र नभई यसमा कार्यरत कर्मचारीहरु समेत बेरोजगार भएको अवस्था रहेको उनको भनाई छ।

श्रेष्ठले अब पनि यस्तै अस्था भइरहेमा धेरै हलहरु बन्द  हुन सक्ने बताए। ‘हामी हल संचालकले खर्च धान्न धौंधौं छ। अब पनि राज्यले चलचित्र क्षेत्रलाई केहि नहेर्ने हो भने बन्द गर्ने अवस्था आउने छ,’ उनले भने।

हलहरु सञ्चालन गर्ने सहमति भएपनि चलचित्र निर्माताहरुसँगै हल सञ्चालक, कलाकारहरु दर्शक नआउने अवस्था देखेपछि जोखिम मोल्न डराइरहेका छन्।  जोखिमको समयमा चलचित्र क्षेत्रलाई सञ्चालनमा ल्याउन राज्यले सहयोग गर्न आवश्यक रहेको निर्देशक तथा निर्माता मुनाल घिमिरेले बताए। उनले त्यसका लागि चलचित्र विकास बोर्डले पहल गर्नुपर्ने बताउँछन्। उनले चलचित्र विकास बोर्ड अधिकार सम्पन्न हुन नसक्दा चलचित्र उद्योगले खोजेको जस्तो सहयोग गर्न सक्ने अवस्थामा नरहेको गुनासो गरे।

निर्माता घिमिरेले राज्यले चलचित्र क्षेत्रलाई अनुदानको व्यवस्था नगरे तत्काल चलचित्र क्षेत्र सञ्चालनमा आउन समस्या रहने दाबि गरे। ‘अहिले हलमा दर्शकहरु जादैन। लगानी  उठाउने अवस्था छैन्,’ उनले भने,‘निर्माताहरुले चलचित्र संचालन गर्ने अवस्था छैन्। अब राज्य वा चलचित्र विकास बोर्डले यसतर्फ ध्यान दिनुपर्छ।’

अहिले पनि धेरै राम्रा चलचित्र बनेका छन्। यदि ति चलचित्र संचालन भएर लगानी उठाउन नसकेका राज्यले उनीहरुलाई अनुदान दिने व्यवस्था गरेपछि मात्र चलचित्र क्षेत्रले विस्तार गति लिने समेत उनले बताए।

त्यसैगरी, चलचित्र निर्माता संघका केन्द्रिय सदस्य रोहित अधिकारीले सिनेमा हल सञ्चालनमा आएपनि निर्माताहरु लगानी डुब्ने डरले सञ्चालन गर्न डराइरहेको बताए।  उनले कोरोना भाइरसको जोखिम रहेको र राज्यको कुनै सहयोग नगरेका कारण डराउनुपर्ने अवस्था आएको दुखेसो पोखे। साथै, उनले अहिले जोखिमको समय भएको भन्दै चलचित्र क्षेत्रमा लाग्ने गरेको करमा छुटसँगै अन्य सहयोग गर्न समेत आग्रह गरे। ‘कोरोना महामारीले सबै भन्दा बढि प्रभावित भएको क्षेत्र चलचित्र क्षेत्र हो,’ उनले भने,‘ कोरोनाको कारण म पनि प्रभावित भएको

व्यक्ति हुँ।' २०७६ सालमा सबैभन्दा बढि चलेको 'छ माया छपक्कै'को पैसा कोरोनाको कारण अहिले सम्म पाएको छैन।’

चलचित्र रिलिज भएको केहि महिनापछि हलबाट पैसा आउने गरेतापनि कोरोनाको कारण हलहरु बन्द हुँदा त्यो पैसा अहिले सम्म नपाएको उनले दुखेसो पोखे।  दाङमा तुलसीपुरमा २ वटा, नारायणपुरमा १ वटा, घोराहीमा ४ लमही र भालुवाङमा गरि १-१ वटा गरि ९ वटा सिनेमा हल छन्।

तर, पछिल्लो समय हल संचालन भएता पनि दर्शक नै जाँदैन। यसरी हल संचालन भएता पनि विकास बोर्ड, निर्माता, हल संचालक, वितरक लगायत चलचित्र क्षेत्रमा काम गर्ने व्यक्तिहरु बिच समन्वय नहुदाँ अहिले यस्तो अवस्था आएको चलचित्र पत्रकार संघ दाङ शाखाका अध्यक्ष शिव पुनले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.