|

काठमाडौं : पछिल्लो २४ घण्टामा मुलुकभर थप दुई सय ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार हालसम्म २० लाख ३८ हजार आठ सय ४२ जनाको पिसिआर परीक्षण गरिएको छ। शनिबार तीन हजार पाँच सय ४१ जनाको कोरोना परीक्षण गरिएको थियो।

मन्त्रालयका अनुसार कुल संक्रमित २ लाख ६९ हजार १ सय ८० जना छन्। जसमध्ये सक्रिय संक्रमित तीन हजार ४ सय ५२ छन्। बितेको २४ घण्टामा थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। नेपालमा हालसम्म कोरोनाकै कारण मृत्यु हुनेको संख्या १९ सय ९४ जना पुगेको छ भने तीन सय ८६ संक्रमणमुक्त भएका छन्।

हालसम्म २ लाख ६३ हजार सात सय ३४ जना संक्रमणमुक्त भएका छन्। हाल क्वारेन्टाइनमा रहनेको संख्या एक सय ४७ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.