|

काठमाडौं : ​इंग्लिस प्रिमियर लिग फुटबलमा एस्टन भिल्ला विजयी भएको छ। 

घरेलु मैदानमा भएको खेलमा एस्टन भिल्लाले न्यूक्यासल युनाइटेडलाई २–० ले हराएको हो। ​ एस्टन भिल्लाका लागि दुवै गोल पहिलो हाफमा भएको हो। उसका लागि १३ औँ मिनेटमा ओलिइ वाट्किन्स र ४२ औँ मिनेटमा बेर्ट्रान्ड ट्राओरीले गोल गरेका हुन्।

जितपछि एस्टन भिल्ला १७ खेलबाट २९ अंकसहित आठौँ स्थानमा उक्लिएको छ । पराजित भएको न्यूक्यासल १९ खेलबाट १९ अंकसहित १६ औँ स्थानमा झरेको छ। 
लिगको शिर्ष स्थानमा रहेको म्यानचेष्टर युनाइटेडको ४० अंक छ भने दोस्रो स्थानमा रहेको म्यानचेष्टर सिटीको ३८ अंक छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.