|

काठमाडौं : राष्ट्रिय महिला लिग फुटबलमा आज दुई खेल हुँदैछ। 

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले वालिङ नगरपालिकासँग प्रतिस्पर्धा गर्नेछ। आर्मी र वालिङबीचको खेल बिहान साढे ११ बजे सुरु हुनेछ। 

वालिङविरुद्ध मैदान उत्रँदा आर्मी पहिलो जितको खोजीमा हुनेछ। पहिलो खेलमा आर्मी नेपाल पुलिससँग गोलरहित बराबरीमा रोकिएको थियो। वालिङ पनि पहिलो जित निकाल्ने दाउमा हुनेछ। 

पहिलो खेलमा वालिङले विराटनगर महानगरपालिकासँग १–१ गोलको बराबरी खेलेको थियो। यस्तै दोस्रो खेलमा साविक विजेता एपीएफले विरानगरसँग प्रतिस्पर्धा गर्नेछ। एपीएफ र विराटनगरबीचको खेल दिउँसो साढे २ बजे सुरु हुनेछ। एपीएफ लगातार दोस्रो जित निकाल्ने योजनामा छ।  पहिलो खेलमा एपीएफले चन्द्रपुर नगरपालिकालाई ६–० ले हराएको थियो। विराटनगर भने पहिलो जित निकाल्ने योजनामा रहेको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.