|

बारा : बारा र रौतहटमा भएको छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको ज्यान गएको छ।

बाराको परवानीपुर गाउँपालिका-४, चैनपुरमा गएराति ट्रकको ठक्करबाट पैदलयात्री भारतीय नागरिकको मृत्यु भएको हो। 

प्रदेश ३ ०३०००१ ख ०००९ नम्बरको ट्रकले भारतीय नागरिक चन्दन गुप्तालाई ठक्कर दिएको थियो। ठक्कर लाग्दा उनी गम्भीर घाइते भएका थिए। उपचारका क्रममा वीरगञ्जस्थित वयोधा अस्पतालमा मृत्यु भएको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

त्यस्तै रौतहटको यमुनमाई गाउँपालिका ट्याक्टरमा गएराति भ्यान ठोक्किँदा भ्यानको चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा रौतहटको गरुढा नगरपालिका -९ का राजेश कुमार सहनी रहेका छन्। 

उनले चलाएको ना.१ ज ४८९५ नम्बरको भ्यानमा ना. ५ त ९२८३ नम्बरको ट्याक्टर ठोक्किएर दुर्घटना भएको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.