|

गुल्मी : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जिल्ला प्रशासन कार्यालय गुल्मीबाट राष्ट्रिय परिचय पत्र प्राप्त गरेका छन्। 

मन्त्री ज्ञवालीले २०७६ साल साउन ३२ गते जिल्ला प्रशासन कार्यालय गुल्मीमा आफ्नो विवरण दर्ता गराएका थिए।

प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले ज्ञवालीलाई एक कार्यक्रम आयोजना गरी राष्ट्रिय परिचयपत्र उपलब्ध गराएकी हुन्। मन्त्री ज्ञवालीले पनि जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत उद्धव पन्थी, रेसुङगा नगरपालिकाका वडा नम्बर १ की बिष्णुमाया पाण्डे र वडा नम्बर ४ का कुलानन्द भण्डारीलाई राष्ट्रिय परिचयपत्र वितरण गरे।

राष्ट्रिय परिचयपत्र प्राप्त गर्ने प्रकृयामा सबैलाई सहभागी गराउन मन्त्री ज्ञवालीले आग्रह गरे। उनले यो परिचयपत्र नागरिकताभन्दा पनि बढी उपयोगी हुने उल्लेख गरे। जैविक र वैयक्तिक विवरण समावेश हुने हुँदा यो निकै उपयोगी र महत्वपूर्ण रहेको उनले दावी गरे।

प्रमुख जिल्ला अधिकारी शर्माका अनुसार यहाँ अहिलेसम्म १ लाख सात हजार ३२३ जनाले परिचय पत्र प्राप्त गर्न विवरण दर्ता गराएका छन।

परिचयपत्रमा नागरिकका वैयक्तिक विवरण र जैविक विवरण लिइन्छ। यस्तो विवरण अन्तर्गत नाम थर, ठेगाना, जन्म मिति, बुबाआमा, हजुरबुवा, हजुरआमा, पतिपत्नी तथा जैविक विवरणमा १० औंलाको छाप, आँखाको नानीको फोटो र डिजिटल हस्ताक्षर राखिन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.