|

काठमाडाैं : कुनै पनि नेपाली बालबालिकाको सुनिश्चित भविष्यको जिम्मा सरकारले लिने प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिबद्धता जनाएका छन्। अपांगता भएकासँगको अन्तरक्रियामा प्रधानमन्त्री ओलीले सम्मानित ढंगले बाँच्न पाउने अधिकार सबैको भएको बताएका छन्। 

‘हिजो सडकभरि बालबालिका हुन्थे। जसलाई खाते भन्ने गरिन्थ्यो। आज त्यो अवस्था छैन,’ उनले भने, ‘हामी नेपालीका छोरा छोरी खाते हुन दिँदैनौँ।  किन भने अभिभावक सरकार छ।’ 

उनले नेपालमा सबैले सुरक्षित, सम्मानीत ढंगले बाँच्न पाउनुपर्ने र त्यो नागरिकको मौलिक अधिकार भएको पनि बताए।   ‘यसमा भुगोलको, जातको, कुन भाषा बोल्छ त्यसको हिसाब हुँदैन र यसमा कुनै प्रकारको भेदभाव गरिँदैन उनीहरु सबै स्नेह प्राप्त गर्ने हकदार हुन्,’ उनले भने, ‘उनीहरुको उन्नतिप्रगतिको, स्वास्थ्यको, सुनिश्चित भविष्यको हामी ग्यारेन्टी गर्दछौँ।’

जनताको समस्या पहिचान गरी त्यसको समाधानको उपाय खोज्नु सरकारको दायित्व भएको ओलीको भनाइ छ। ‘सरकारको काम देशमा सुशासन कायम गर्नु र विकास गर्नु हुन्छ, सरकारको काम जनताको समस्या पहिचान गरी समाधान गर्नु हो, उसको दायित्व हो’ उनले भने।  

ओलीले आफू पनि अपांगता भएकै व्यक्ति भएको बताएका छन्। ‘म पनि अपांगता भएकै मान्छे हो। मेरो पनि किड्नी फेल भएर अर्को ल्याएर जोडेको छु,’ उनले भने, ‘अर्को किड्नीको ह्वील चियर चढेर हिँडेको मान्छे हो। त्यो पनि फेल भएर अर्को किड्नीको वैशाखी टेकेको मान्छे हो।’ उनले अपांग होइनौँ भन्नेहरु मानसिक रुपमा डरलाग्लो अपांग रहेको बताए।   

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.