स्याङ्जा : जन्मदिनको अवसरमा केक काट्ने, परिवार भेला हुने खुसीयाली मनाउने संस्कार हाम्रो समाजमा विकसित हुँदै गएको छ। अझ पछिल्लो समय जन्मदिनमा खर्च हुने पैसा सामाजिक कार्यमा प्रयोग गर्ने प्रचलन पनि बढ्दै गएको छ।
यसैको उदाहरण हरिनास गाउँपालिकाका अध्यक्ष खिम नारायण मानन्धर बनेका छन्। मानन्धरले आफ्नो जन्मदिनको अवसरमा सामुदायिक विद्यालयका विद्यार्थीलाई पोसाक वितरण गरेका छन्।
मानन्धरले शुक्रबार आफूले अध्ययन गरेको पीताम्बर माध्यमिक विद्यालयका ४ सय ५० विद्यार्थीलाई पोसाक प्रदान गर्ने अभियान सुरु गरेका हुन्। अध्यक्ष मानन्धरले आफूले पाउने तलब भत्ताबाट सामुदायिक विद्यालयमा अध्ययनरत पालिकाभरका सबै विद्यार्थीलाई पोसाक उपलब्ध गराउने बताए।
उनले भने, ‘यहाँका ३० सामुदायिक विद्यालयमा अध्ययनरत ३५ सय विद्यार्थीलाई पोसाक प्रदान गर्ने अभियान छ।’ उनले ३७ औँ जन्मोत्सवको अवसरमा यो अभियान सुरु गरेका हुन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।