|

सिमरा : सिद्धार्थ बैंक सिमराको हस्ताक्षर र छाप नै किर्ते गरेर मालपोत कार्यालय सिमरामा भौचर बुझाउने लेखनदासलाई अदालतले पक्राउ पुर्जी जारी गरेको छ।

जय चुुरियामाई लेखापढीका सञ्चालक अवधेश महतो कहारले सिद्धार्थ बैंक सिमराको भौचरमा हस्ताक्षर र छाप किर्ते गरेर मालपोत कार्यालय सिमरामा बुझाउने क्रममा लाभकर र रजिस्ट्रेसन २ वटा फारममा हस्ताक्षर फरक भेटिएपछि शंका लागेर चेकजाँच गर्ने यसबारे प्रमाणित भएको हो।

‘भौचरको हस्ताक्षर र छाप शंकास्पद देखिएकाले बैंक काउन्टरमा बुझ्दा खातामा जम्मा नभएको रकम रजिस्ट्रेसन पास र लाभकर फारममा हस्ताक्षरसमेत फरक भेटियो’, मालपोत कार्यालय सिमराका निमिक्त प्रमुख मनोजकुमार खनालले भने।

बैकंको सहीछाप किर्ते गर्ने महतो २ सातादेखि फरार छन्। फरार महतोलाई इलाका प्रहरी कार्यालय सिमराले ‘संस्थाको छाप किर्ते’ मुद्दामा जिल्ला अदालतमा मुद्दा दर्ता गरेर अनुसन्धान गरिरहेको छ। 

उनले पुष २६ गते पुँजीगत लाभकर ५९ हजार ८ सय ५० रुपैयाँ र राजस्व ४६ हजार ३ सय ८३ गरी १ लाख ६ हजार २ सय ३३ रुपैयाँको भौचरमा सिद्धार्थ बैँकको किर्ते सही, छाप प्रयोग गरी सिमरा मालपोतमा बुुझाएका थिए।

जितपुुरसिमरा–८ स्थित रमौलीमा रहेको जग्गा बिक्री गर्ने क्रममा अन्हिया कोइरी र जग्गा खरिदकर्ता बन्दी सिलवालसँग महतोले रकम लिएको मालपोत कार्यालय सिमराले जनाएको छ।

महतो २ सातादेखि फरार रहेका इलाका प्रहरी कार्यालय सिमराले जनाएको छ।‘अदालतबाट पक्राउ पुर्जी गरिसकेकाले हामीले खोजी रहेका छौं’, इप्रका सिमरा प्रमुख डिएसपी दीपक श्रेष्ठले भने।

बैंकको छाप किर्ते गर्ने महतो त्यस घटनापछि फरार भएका छन्। ‘हामीले पुलिसलाई खबर गर्दा गर्दै भाग्यो’, मालपोत सिमराका लेखा प्रमुख तेजेन्द्र लम्सालले भने, 'महतोले यसअघि पनि पटक पटक बैकको काजगपत्र किर्ते गरेको भेटिएको छ।'

प्रहरीले उनको फर्मबाट एक लाख १८ हजार ५ सय रुपैयाँसमेत बरामद गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.