|

इलाम : राष्ट्रिय महिला लिग फुटबलमा आज (सोमबार) एक खेल हुँदैछ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा उदयपुरको चौदण्डीगढी नगरपालिका र रौतहटको चन्द्रपुर नगरपालिकाबीच हुने खेलमा दुवै टोली पहिलो जितको खोजीमा हुनेछन्। 

अघिल्लो खेलमा दुवै टोलीले फराकिलो गोल अन्तरको पराजय भोगेका थिए। चौदण्डीगढी पहिलो खेलमा नेपाल पुलिस क्लबसँग ६-० ले पराजित भएको थियो। यस्तै चन्द्रपुर पनि एपीएफ क्लबसँग ६-० ले पराजित भएको थियो। अंक विहिन रहेको दुवै टोली दोस्रो खेलमा जित निकाल्दै अंक बटुल्ने लक्ष्यका साथ मैदान उत्रनेछन्।

रोजिना श्रेष्ठको कप्तानीमा उत्रिने चन्द्रपुरमा नेपालको यु-१६ र यु-१९ राष्ट्रिय टोलीका सदस्यहरूको बाहुल्यता रहेको छ। यसैगरी चौदण्डीगढीमा प्रदेश-१ टीमबाट खेलेका केही खेलाडीहरू समावेश भएका छन्। दुवै टोलीले विदेशी खेलाडी अनुबन्ध गरेका छैनन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.