धन्यवादमै जिउन जान्‍नेको स्वास्थ्य सधैँ राम्रो

|

मानिसले जीवनमा चाहने भनेकै खुसी र शान्ति हो। त्यही खुसीको लागि संघर्षरत हुँदै शिक्षा आर्जन गर्छ। नोकरी गर्छ। बिहे गर्छ। घरपरिवार जोड्छ। सकेको आर्जन गर्छ र केही रकम बैंकमा बचत पनि गर्छ।

संघर्षबीच कताकता जीवनमा अपूर्णता र गरेको कर्मले मात्र पुगेन कि भनी चिन्तित हुन थाल्छ अनि उपाय खोज्छ, ध्यान, योग र साधनामा समेत तत्परताका साथ लागिपर्छ। अर्थात् आन्तरिक खुसी, शान्ति र आनन्द नै जीवनको लक्ष्य हो भन्ने ठम्याईमा पुग्छ।

ओशो सिद्धार्थ औलियाले यसलाई सरलतम भाषामा सिकाउनुहुन्छ– तिमीहरू ‘क्याडेट’ बन्नुपर्छ जीवनमा सरल र सहज ढंगले आनन्दको अनुभूति गर्नेछौ। हामीले सुनेका छौं क्याडेट अंग्रेजी शब्द, जसको शाब्दिक अर्थ हुन्छ– प्रारम्भिक अधिकारी, प्रशिक्षार्थी वा उम्मेदवार। यो शब्द विशेषगरी  सेनामा अफिसर बन्ने कुशलता प्रदान गर्ने तालिममा प्रयोग हुन्छ।

कुशल बन्ने तालिम लिने हो भने सेनाको सिपाही मात्र अफिसर बन्दैन कि हाम्रो जीवनको सिपाही, हाम्रो स्वभाव र आदतसमेत क्याडेटको अभ्यासले कुशल, शान्त, आनन्द र सफल बनाउन सक्छ। जीवनमा दुःख छ, अपूर्णता छ, गुनासो छ, असफलता महसुस हुन्छ भने एक मात्र कारण हो हामी क्याडेट बन्न सकेका छैनौँ। त्यसैले क्याडेट बन्ने सहज सूत्र जान्ने कोशिस गरौं।

. प्रसन्नता, (Cheerfulness)   व्यक्ति प्रसन्न रहन सक्यो भने दु:ख हुँदैन। प्रसन्न रहने कोशिस गर्ने, आदत बनाउने हो भने दुःख भन्ने अवस्था नै आउँदैन। तर, सधैं प्रसन्न रहन पनि त सक्दैन व्यक्ति। सन्तहरू भन्छन्– प्रसन्न रहन सक्दैनौं भने दुःखी बन। व्यक्ति भन्छ यो पनि भन्ने तरिका हो? कति प्रतिकूलता आउँछन्, कति कष्ट आउँछन्, कतिपटक असफल भइन्छ, हार खानुपर्छ, कतिले धोका दिन्छन् कसरी प्रसन्न रहने? कुरा त ठिकै हो तर फेरि सन्तहरू भन्छन्– तिमीले प्रसन्न रहने आधार भौतिक सुख र सफलता मात्र देखेका छौँ।

प्रकृतिले दिएका नि:शुल्क उपहार, तिम्रो जीवन, तिमीलाई जीवित राख्ने अक्सिजन, सूर्य, चन्द्र, हावापानी, पञ्चतत्व, प्रकृतिको सन्तुलन के यी चिजको प्राप्तिप्रति तिमी प्रसन्न हुन सक्दैनौं? तिम्रो सुन्दर परिवार, तिमीले पाएको नोकरी, तिम्रो स्वास्थ्य, तिमीले अरूबाट पाएको सहयोग, प्रेम, सम्बन्ध यी कुराहरूप्रति प्रसन्न रहनमा आपत्ति के छ? कुन मापन जरूरी छ तिमीलाई प्रसन्न रहन? तिमी आफूले जे चाहन्छौ त्यो प्राप्त गरे मात्र प्रसन्नता मिल्ने हो? जे प्राप्त छ त्यसमा प्रसन्न रहन सिक्ने हो या कुनै थप चिज प्राप्त भएपछि मात्र प्रसन्नता थपिने हो?  

प्रसन्नता खोजेर जीवन बिताउने या जीवनमा जे प्राप्त छ त्यसमा प्रसन्न रहने कलाको अभ्यास बढाउने? व्यक्ति दुःखी या सुखी रहनुमा उसकै प्रज्ञा, समझ र आदतले निर्धारण गर्दछ।

.  सचेत अथवा होसपूर्ण (AWARENESS) अवस्थामा रहनु। सन्तहरू त भन्छन्– तिमी प्रत्येक क्षण जागृत अवस्थामा रहू, साक्षीको अवस्थामा रहू, बोधको अवस्थामा रहू तब हेर दुःख र असफलता भन्ने बाँकी नै रहँदैन। तर, व्यक्तिलाई लाग्दछ यति सहज छ जतिबेला पनि होसपूर्ण रहनु? फेरि, सन्तहरू भन्छन्– बोधपूर्ण, जागृत, होसमा र साक्षीमा रहन सक्दैनौ भने दुःखी बन, छुट छ तिमीलाई। अन्यथा, जस्तो परिस्थिति आउँछ, त्यसलाई तिमी परिवर्तन गर्न सक्दैनौँ, तिम्रो इशारामा चल्दैन भने त्यसप्रति वकालत नगर, साक्षी भएर हेर।

जुनकुरा तिम्रो हातमा छैन तर तिमी आफ्नो अनुकल बनाउन खोज्छौ भने त्यो नै दु:र असफलताको कारण हो। आफ्ना हरेक कर्मप्रति बेहोशी हुने, हरेक सम्बन्ध र प्रेममा बेहोशी हुने अनि वकालत मात्र गर्ने, अनि साथमा सुख पनि खोज्ने कसरी सम्भव होला र?

तिमी होसपूर्ण हुनासाथ प्रतिकूलता र अनुकूलताको भिन्नता नै मेटिएर जानेछ। हामी को हौं अस्तित्वको खेलप्रति वकालत गर्ने? जब व्यक्ति आफ्नो हैसियत भुलेर वकालत गर्छ र निर्णय आफ्नो पक्षमा लिने प्रयास गर्छ भने ऊ दुःखी नभएर को होला?

सचेत हुनु, बोधमय हुन, आफ्नो आत्मशक्ति र आत्मपहिचानसँग नजिक हुनु पनि हो। आफूलाई जान्नु बोधमय हुनु हो भने संसार कस्तो छ जान्ने प्रयासमा समय बिताउनु बेहोसीको लक्षण हो। अन्तर्मुखी हुनु होसपूर्ण हुनु हो, बहिर्मुखी बन्नु नै बेहोसीको कारण हो।

. अपेक्षारहित (DESIRELESSNESS)  सन्तहरू भन्छन् – तिमी अपेक्षा रहित, कामनारहित भएर जीवनशैली बिताऊ, तब दुःख भन्ने नै बाँकी रहन्न। व्यक्तिलाई लाग्छ कसरी अपेक्षारहित बन्न सकिन्छ? कर्म गरिन्छ, कामना रहन्छ कि मैले चाहेअनुसारको परिणाम आओस्। मिहिनेत गर्छु, परिश्रमको फल आओस् भन्ने इच्छा जसको पनि रहन्छ। सन्तहरू भन्छन्– तिमी पुरुषार्थ गर, परिश्रम गर्नासाथ त त्यसअनुसार नतिजा आइहाल्छ।

नतिजाका लागि अरूबाट आशा नगर। सफलता, नतिजा, खुसी, प्रेम, प्रशंसा अरूबाट प्राप्त गर्ने कुरा हुन् भन्ने सोच नै कामना हो। जबसम्म अरूको कारण प्राप्त हुन्छ भन्ने अपेक्षा राख्नु या अरूको कारण प्राप्त भएन भनेर गुनासो गर्नु नै दुःखका कारण हुन्। अरूको कारण दुःखी बन्नु, आफ्नो निर्णय अरूलाई छोडिदिनु र दोष अरूमा देख्नु नै दु:ख र अपेक्षाका परिणाम हुन्।

यसलाई बोध गर्न सक्यो भने दुःख भन्ने चिज नै बाँकी रहन्न।

कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन।

मा कर्मफलहेतुर्भुर्मा ते संगोस्त्वकर्मणि।।

यसको मर्म पनि यही हो कि कर्ममा तिम्रो पूर्ण अधिकार छ तर फल प्राप्तिमा तिम्रो अधिकार छैन। नतिजामा अरूको हात छ भने त्यसमा तिमीले आफ्नो आधिपत्य जताउन सक्दैनौँ।

ई. अहंकाररहित  (Ego lessness) म, मेरो, मेरो धर्म, मेरो सम्प्रदाय, मेरो संस्कार, मैले गरेको, मैले गर्न सक्छु, मैले श्रेय पाउनुपर्छ, मैले गर्दा भएको, मैले भनेझैं नै हुनुपर्दछ भन्ने ममत्व नै अहंकारमा लैजाने कारण हुन्। व्यक्तित्व हावी हुनु अहंकार हो। कुनै पनि कामको श्रेय या, सफलतामा मैले गर्दा नै भएको भन्ने धारणा र केन्ıमा आफूलाई राख्नु अहंकारको प्रस्तुति हो।

प्रयास मेरो थियो, राम्रो भयो यसमा धेरैको सहयोग थियो, मेरो मात्र कुनै योगदान छैन भन्न सक्नु जत्तिको खुबी अरू हुँदैन। तर, व्यक्तिको खुबी त्यसमा जताउन चाहन्छ कि–तिमीले गर्दा भएन, तिमीले गर्दा धोका पाए,' तिमीले गर्दा असफल भएँ', तिमीले मेरो काम गरिदिएनौँ यस्तै। आफू पछि परेको महसुस हुनु, आफूलाई अरूले पछि पारेको महसुस हुनु, आफूले चाहेको गर्न सकिन भन्ने हीनताबोध सबै अहंकारका स्वरूप हुन्।

कतिपय अवस्थामा शारीरिक, मानसिक र भावनात्मक लहडको कारण व्यक्तिको अहंकार उच्च तहमै पुगिसकेको हुन्छ। यीभन्दा माथि उठेर व्यक्ति शरीर, मन र भावना मात्र नभई आन्तरिक चेतना हो भन्ने बोध भएको क्षण अहंकार निस्तेज हुन पुग्दछ।

उ. कृतज्ञ (Thankfullness)   सन्तहरू भन्छन् –व्यक्तिमा दुःख कतिबेला आउँछ? जब ऊ कृतज्ञ भएर बाँच्न सक्दैन। व्यक्तिलाई लाग्छ कृतज्ञ हुन सजिलो छैन। कृतज्ञभावले भरिन नसक्नु नै दुःखको कारण हो। करूणा विकसित भएको व्यक्तिमा नै कृतज्ञभावको विकास हुन्छ।

मेरो वरिपरिको वातावरण शान्त र प्रेमिल छ, सबै सहयोगी र  करुणावान् छन्। म सकारात्मक र इमानदार छु।’ यसलाई बिहान विस्ताराबाट बाहिर आउनु अघि, दिउँसो कुनै एक समयमा र राति निदाउनुअघि संकल्पको रूपमा मनमनै उच्चारण गर्ने गरौँ। क्याडेट बन्ने कोशिस गरौँ जीवन आहा बन्नेछ।

जीवनमा जे पनि प्राप्त छ त्यसप्रति धन्य हुनु, आहा भाव प्रकट गर्नु, खुसी व्यक्त गर्न जान्नु मानवीय गुण हुन्। जो धन्यवादमा जिउन जान्दछ उसको स्वास्थ्य राम्रो हुन्छ, सोच सकारात्मक हुन्छ, सहजता र स्वीकारको भाव विकसित हुन्छ। व्यक्ति कन्जुस हुँदैन उसमा उदारताको भाव विकसित हुँदै जान्छ, नम्रपना, शिलवान, सरल र सहजताको गुण प्रस्तुत गर्दछ। विश्वसनीयता, इमानदारी, मानवीयता र कर्तव्यपराणयताको लागि पनि धन्यवादको भाव आवश्यक पर्दछ।

महान् वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले भनेका छन् –‘एउटा टेबल, कुर्सी र एक कचौरा फलफूलको साथमा एउटा गितार भयो भने व्यक्तिलाई खुसी हुन अरू चिज आवश्यक पर्ला र?’ तर, व्यक्ति यो कुरासँग सजिलै सहमत हुन नसक्ला किनकि उसका सपना र योजना धेरै छन् खुसी बन्नको लागि।

ठिक छ त्यसोभए, जीवनमा सानो चिज प्राप्त गर्न त मिहिनेत र पुरुषार्थ आवश्यक हुन्छ भने जीवनलाई सहज र सुखी बनाउन पनि त केही मिहिनेत त गर्नैपर्छ। त्यसका लागि केवल दिनमा तीनपटक औषधिको रूपमा – म खुसी र सुखी व्यक्ति हुँ, म आफूलाई खुसी हुने कर्म गर्दछु। तर त्यसले अरूलाई दु:ख नपुगोस् भनेर सचेत रहन्छु।

मेरो वरिपरिको वातावरण शान्त र प्रेमिल छ, सबै सहयोगी र  करुणावान् छन्। म सकारात्मक र इमानदार छु।’ यसलाई बिहान विस्ताराबाट बाहिर आउनु अघि, दिउँसो कुनै एक समयमा र राति निदाउनुअघि संकल्पको रूपमा मनमनै उच्चारण गर्ने गरौँ। क्याडेट बन्ने कोशिस गरौँ जीवन आहा बन्नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.