|

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टीको एक समूहका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले माघ ९ गते गरिएको शक्ति प्रदर्शनमा कमजोरी भएको बताएका छन्‌। सो दिन प्रदेश नम्बर ३ बाट सो समूहले हजारौं कार्यकर्ता र सर्वसाधारण जनतालाई शक्ति प्रदर्शनमा उतारेको थियो। 

नेताहरू बस्न सडकमा सोफा राखेर गरिएको विरोधसभालाई लिएर सर्वत्र आलोचना भइरहेको छ। तर प्रचण्डले सोफाको प्रसंग भने उल्लेख गरेनन्‌। 

पार्टी कार्यालय परिसडाँडामा बोल्दै प्रचण्डले ९ गते सभा गरिएको मञ्चमा मधेश नझल्किएको भन्दै अब त्यस्तो कमी हुन नदिने बताएका हुन्‌।​​ 

उनले भने, 'काठमाडौंमा अझै ठूलो जनप्रदर्शन गर्ने कार्यक्रम हुन्छ, अब २५ हजार आउनुपर्‍यो, अब हामीले २५ हजार भन्दा तपाईंहरू ३० हजार आउनुहुन्छ भन्ने विश्वास छ।'

पार्टीको अध्यक्षता र सरकार पालैपालो गर्ने सम्झौता भएकोमा ओलीले नै भत्काएको दाहालले दाबी गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.