|

विराटनगर : कोरोन भाइरस (कोभिड १९) विरुद्धको खोप ‘कोभिसिल्ड खोप’ विराटनगरमा आइपुगेको छ। संघीय सरकारले प्रदेश १ का १४ जिल्ला तथा प्रदेश २ का सिरहा र सप्तरीका लागि पठाएको नौ हजार ६०० भायल खोप प्रदेश स्वास्थ्य आपूर्ती व्यवस्थापन केन्द्रमा आएको हो।

सरकारले तोकेर पठाएको १६ जिल्लाका लागि मंगलबार साँझसम्म खोप पठाइसक्ने केन्द्रका कोल्डचेन निरीक्षक डा. चन्द्रकान्त ठाकुरले जानकारी दिए। प्रदेश १ का १४ जिल्ला तथा प्रदेश २ का सिराहा र सप्तरीसम्म कोल्ड बक्समा आइसप्याक कन्डिसिन सुरक्षा अपनाएर निजी तथा कार्यालयका गाडीमा खोप पुर्याइने ठाकुरले बताए।

डा. ठाकुरका अनुसार एक भायलमा १० डोज खोप हुन्छ। त्यसका लागि आवश्यक पर्ने एडिनालिन इन्जेक्सन र सिरिन्ज समेत केन्द्रसम्म आएको छ। मोरङका नागरिकका लागि विरानगरस्थित कोशी अस्प्ताल, विराट मेडिकल एण्ड टिचिङ अस्पताल र नोबेल मेडिकल एण्ड टिचिङ अस्पतालमा खोप लगाइने डा. ठाकुरले जानकारी दिए।

जिल्लास्थित कोभिड सुरक्षा उपचार समन्वय समितिले अन्य जिल्लाका हकमा केन्द्र तय गर्न सक्नेछ। जिल्ला अस्पतालमा खोप राखिने जनाइएको छ। झापाको मेची अस्पताललाई भने संघीय सरकारले नै केन्द्र तोकेको छ। कुन जिल्लामा कति डोज खोप पठाउने भन्ने विषयमा भने अहिले गृहकार्य भइरहेको डा. ठाकुरले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.