बायाँ हातको पाखुरामा खोप लगाइने

|

काठमाडौं : उपत्यकाका १२ वटा सरकारी तथा निजी अस्पातालमा कोभिड विरुद्धको खोप लगाइने भएको छ। पहिलो चरणमा माघ १४ गतेबाटै स्वास्थ्यकर्मीसहित अन्य फ्रन्टलाइनमा खटिनेलाई यो खोप दिइने छ। 

त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, नेपाल प्रहरी अस्पताल, गंगालाल अस्पताल, नेपाल मेडिकल कलेज, वीर अस्पताल, प्रसूति गृह थापाथली, टेकु अस्पताल, सिभिल अस्पताल, के एमसी सिनामंगल, नेपाल आर्मी अस्पताल, सशस्त्र प्रहरी अस्पताल र आयुर्वेदिक ट्रेनिङ सेन्टर कीर्तिपुरमा खोप लगाइने काठमाडौं स्वास्थ्य कार्यालयकी प्रवक्ता पार्वती विष्टले जानकारीले दिइन्। ​

बायाँ हातको पाखुरामा खोप लगाइने

उनका अनुसार बायाँ पाखुराको माथिल्लो बाहिरी भागमा ९० डिग्री  कोण बनाएर मासुभित्र खोप लगाइन्छ। चार हप्ताको फरकमा दुई पटक खोप लगाइन्छ। तयारी अवस्थाको झोल लगाइन्छ। 

बिहीबार १० लाख डोज कोरोनाविरुद्धको खोप नेपाल आइपुगेको हो। भारतीय कम्पनी सिरम इन्स्टिच्युटले बनाएको कोभिसिल्ड खोप १४ गतेबाट लगाइँदै छ।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.