|

काठमाडौं : महानगरीय ट्राफिक प्रहरी महाशाखाले हराएका मोटरसाइकल खोजी गरी सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ। महाशाखाले हराएका २४ मोटरसाइकल खोजतलास गरी सम्बन्धित मोटरसाइकल धनीहरुलाई सोमाबार मोटरसाइकल हस्तान्तरण गरेको हो। 

महाशाखाले पीडित सहायता ईकाईबाट सादा पोशाकमा ट्राफिक प्रहरीको विशेष अपरेसन टोली परिचालन गरी चोरी भएका मोटरसाइकल नियन्त्रणमा लिन थालेको छ। खोजीको दायरा बढाउँदै लगेको तथा मोटरसाइकल फेला पर्ने क्रम पनि बढिरहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख जनक भट्टराईले बताए। चोरहरुलाई मुद्दा दायर गरेको पनि उनले जानकारी दिए।

महाशाखा प्रमुख भट्टराईले यो अभियानलाई अझ तीव्रताका साथ अघि बढाउने बताए। हराएको मोटरसाइकल पाएपछि मोटरसाइकल धनीहरुले खुशी व्यक्त गरेका छन्। हराउन नदिनका निम्ति आगामी दिनमा सवारी धनीले नै सतर्कता अपनाउनुपर्ने उनीहरुको भनाइ छ।

महाशाखाको टोलीले काठमाडौं उपत्यकाका सुर्खेत, पैँयुटार, फनपार्क, इमाडोल, थापाथली, तीनकुने, पाटन, ढुंगेधारा, पुरानो बानेश्वर, सामाखुसी, ठमेल, सुकेधारा, बसुन्धारा, कोटेश्वर, धुम्बाराहीलगायतका विभिन्न स्थानबाट हराएका मोटरसाइकल खोजी गरी बुझाएको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.