|

संखुवासभा : खाँदबारीमा ३७ जना मोतियाविन्दुका रोगीको सफल शल्यक्रिया गरिएको छ। नेत्रज्योति संघ तेजरन्त आँखा तथा कान उपचार केन्द्र खाँदबारीमा शल्यक्रिया गरिएको हो।

आफ्नो ठाउँमा नै उपचार पाएपछि बिरामीहरु खुसी भएका छन्। सुनसरीको इटहरी आँखा अस्पतालका डा. राजस्सी श्रेष्ठ नेतृत्वको टोलीले शल्यक्रिया गरिएको हो। दुवै आँखाको सफल उपचारपछि पुनर्जन्म पाए झैं भएको सभापोखरी गाउँपालिका–३ की ७० वर्षीया गणेशकुमारी लिम्बुले बताइन्। उनी ३ वर्षदेखि आँखा देख्न नसक्ने भएकी थिइन्। यस्तै, आँखाको ज्योति गुमाउँखा संसार गुमाए जस्तो भएकी पाँचखपन नगरपालिका–४ की ६५ वर्षीया सूर्यमाया राईलाई उपचारपछि खुसी भएकी छन्। उपचारका लागि छोराको सहयोगमा आएका उनी अब आफैं जान सक्ने भएकी छन्।

कोभिड १९ का कारण लामो समयसम्म आँखासम्बन्धी कुनै पनि शिविर सञ्चालन नभएको र आँखाका रोगीहरुलाई अति नै समस्या भई उपचार केन्द्रमा आफँै आएका आँखाका अप्रेसन नगराई नहुने ५० जना मोतियाविन्दुका रोगीमध्ये ३७ जनाका शल्यक्रिया गरिएको तेजरन्त आँखा तथा कान उपचार केन्द्र खाँदबारीका इन्चार्ज क्षितिज बरालले बताए। अज्ञानता, अशिक्षा र विकटताका कारण ग्रामीण बस्तीहरुमा मोतियाविन्दुको कारण दुईवटै आँखा पाकिसकेका बिरामीको समेत सफल शल्यक्रिया हुँदा खुसी व्यक्त गरेका छन्। 

आँखाका बिरामीहरुलाई केन्द्रले खोजी खोजी उपचार गर्ने पनि इन्चार्ज बरालले बताए। आगामी दिनमा दशवटै स्थानीय तहसँग सहकार्य गरेर शिविर सञ्चालन गर्ने योजना रहेको उनले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.