|

कपिलवस्तु : बुद्धभूमि नगरपालिका–४ बुड्ढीमा सूर्य बहुउद्देश्यीय सहकारी संस्थाले सुपथ मूल्य पसल सञ्चालन गरेको छ। लुम्बिनी प्रदेश सरकारको भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयको अनुदानमा उक्त पसल सञ्चालनमा आएको हो। 

पसल सञ्चालनका लागि लुम्बिनी प्रदेश सरकारले सहकारी संस्थालाई २१ लाख रुपैयाँ अनुदान दिएको थियो। अनुदानमध्ये सहकारीले १६ लाख रुपैयाँ भवन निर्माणमा र सात लाख रुपैयाँ पसल सञ्चालनमा लगानी गरेको हो।

पसल सञ्चालनका लागि संस्थाले थप ३५ लाख रुपैयाँ लगानी गरेको छ। पसल सञ्चालन भएपछि स्थानीय स्तरमा उत्पादित वस्तु बिक्री वितरणमा सहज भएको सहकारी संस्थाका व्यवस्थापक लेखनाथ खनालले बताए। पसलमा स्थानीय स्तरमा उत्पादन भएका खाद्यान्न, मरमसला, दैनिक उपभाभोग्य हुने सामग्री खरिद बिक्री हुनेछ। 

स्थानीय किसानले उत्पादन गरेका तरकारी र सहकारीका सदस्यले उत्पादन गरेका सामग्री सिधै ग्राहकसँग पुग्ने भएपछि बिचौलियाले खाने कमिसन समेत अन्त्य हुने विश्वास गरिएको छ। अहिले  स्थानीय बजारमा बिक्री गर्ने योजना रहे पनी आगामी वर्षदेखि अन्य सुपथ पसलसँग समन्वय गरी वाह्य जिल्लामा स्थानीय उत्पादन बिक्री गर्ने लक्ष्य लिइएको सहकारीका अध्यक्ष मुरलीधर घिमिरेले बताए। सहकारीमा ८०० जनाभन्दा बढी शेयर सदस्य रहेका छन्। शेयर सदस्यका लागि विशेष छुटको समेत व्यवस्था गरीएको बताइएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.