|

कृषि कानुनको विरोधमा आन्दोलित भारतीय किसानहरू दिल्ली पुगेका छन्। विभिन्न नाकामा धर्नारत किसानहरू पनि दिल्लीमै केन्द्रित हुने प्रयासमा छन्। 

भारतमा आज गणतन्त्र दिवस पनि मनाइँदैछ। यही दिवसका दिन किसानहरूले दिल्ली प्रवेश गरी आन्दोलनलाई निर्णायक बनाउने कोशिश गरेका हुन्। 

आन्दोलनकारी हजारौं किसानहरू दिल्लीतर्फ आएपछि त्यहाँको रेलसेवा बन्द गरिएको छ। दिल्ली मेट्रोको आधिकारिक ट्वीटर एकाउन्टमा लाल किल्ला मेट्रो स्टेशन बन्द गरिएको उल्लेख छ।

प्रदर्शनकारीहरू विभिन्न स्थानबाट दिल्लीको मध्य भागमा पर्ने आइटीओ इलाकामा केन्द्रित हुन खोजिरहेका छन्। त्यहाँ पुगेका किसानहरूको एक समूहमाथि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ। 

त्यहाँ भएको झडपमा एक प्रहरीलाई प्रदर्शनकारीले घाइते हुनबाट बचाएको दृश्य सार्वजनिक भएका छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.