|

भद्रपुर (झापा) : झापामा भारतीय ओरियन्स कम्पनीको विभिन्न ‘खाद्य परिपुरक’ (फुड सप्लिमेन्ट) अवैध रुपमा भित्रिरहेको खुलासा भएको छ। उक्त खाद्य परिपुरक नेटवर्किङको माध्यमबाट बिक्री हुने गरेको छ।

कोरोना महामारीपछि सरकारले अन्तर्राष्ट्रिय सीमा नाका बन्द गरे पनि तस्करीको माध्यमबाट ओरियन्स कम्पनीका उक्त सामग्री नेपाल भित्राइरहेको खुलासा भएको छ। 

जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय दमकबाट खटिएका प्रहरी टोलीले तीन करोड २९ लाख ६७ हजार २५० रुपैयाँ बराबरको ओरियन्स कम्पनीको ‘खाद्य परिपूरक’ बरामद भएसँगै यस्तो खुलासा भएको हो। प्रहरीले बिलसहितको ८७ लाख रुपैयाँ र बिलबिनाको दुई करोड ४२ लाख ४० हजार ७३० रुपैयाँको सामग्री बरामद गरी मंगलबार इलाका प्रहरी कार्यालय दमकमा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो। 

दमक नगरपालिका–६ स्थित पदम गुरुङको घर भाडामा लिई राखिएका विभिन्न प्रकार सामग्रीसहित जितेन्द्र साहलाई पक्राउ गरिएको प्रहरी कार्यालय झापाका एसपी सानुराम भट्टराईले जानकारी दिए। साहले काठमाडौं महानगरपालिका–१६ बालाजुमा दर्ता रहेको ग्लोबल ओरियन्स प्रालिबाटट केही परिमाणको सामग्री खरिद गरी ल्याएको देखिएको भट्टराईले बताए। 

‘कार्टुनमा प्याके गरी राखिएका २२ प्रकारका सामग्रीको बिल नभेटिएको, जसको मूल्य ८७ लाख २६ लाख ५२० रुपैयाँ उल्लेख गरिएको छ,’ एसपी भट्टराईले भने, ‘अन्य १२ प्रकारका सामग्री बिल छैन। ती सामग्रीहरू अवैध रुपमा भारतबाट भित्राइएको अनुसन्धानबाट खुलेको छ।’ 

बरामद सामग्री राजस्व अनुसन्धान विभाग इटहरीमा बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए। उनका अनुसार बरामद गरिएका सामग्रीहरू शरीरलाई चाहिने केल्सियम, भिटामिनका रहेको बताइएको छ। यसअघि प्रहरीले बरामद गर्दै आएको ओरियन्स कम्पनीका आर्येवेदिक औषधिहरू भएको उनले बताए।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.