|

काठमाडौं : काठमाडौंको दक्षिणकाली नगरपालिकामा ट्रक पल्टिँदा दुई जनाको मृत्यु भएका छ। 

बा ३ ख ६१ ९९ नम्बरको ट्रक दक्षिणकाली–९ स्थित हुमानेमा पल्टिँदा चालक मकवानपुरको थाहा नगरपालिकाका मोहनलाल रुम्बा र सहचालक अछाम घर भइ काठमाडौं बस्ने गुमबहादुर बुढाको ज्यान गएको प्रहरीले जनाएको छ।

मंगलबार राति भएको दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको काठमाडौंको ट्रमा सेन्टरमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार दुर्घटनाको कारण भने खुलेको छैन। यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.