|

काठमाडाैं : चेल्सीले थोमस टुचेललाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ। फ्रान्क लाम्पार्डलाई बर्खास्त गरेपछि टुचेलको हातमा चेल्सीको बागडोर समाल्ने जिम्मेवारी आएको हो।

टुचेलसँग चेल्सीले १८ महिनाका लागि सम्झौता गरेको हो। पीएसजीलाई पहिलोपटक च्याम्पियन्स लिग फुटबलको फाइनलमा पुर्‍याएपनि उपाधि जित्न नसकेको भन्दै क्लबले टुचेललाई बर्खास्त गरेको थियो।

टुचेल चेल्सीको प्रशिक्षक बन्ने पहिलो जर्मन म्यानेजर हुन्। चेल्सीले टुचेललाई विशेष समारोहमार्फत स्टार्मफोर्ड ब्रिजमा स्वागत गरेको छ। पीएसजीमा रहँदा ७४ प्रतिशत जित हासिल गरेका टुचेलले दुई लिग वान, एक फ्रेन्च कप र एक फ्रेन्च लिग कप उपाधि जितेको थिए।

पछिल्लो समय नयाँ खेलाडी ल्याएर पनि खराब प्रदर्शन गरेको भन्दै लाम्पार्ड बर्खास्तमा परेपछि अब सबैको नजर टुचेलमा अडिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.