|

काठमाडौं : राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेलले अमेरिकी मिलेनियम च्यालेञ्‍ज कर्पोरेशन (एमसीसी) सहायता नआए सरकारले आफ्नै लगानी परियोजना कार्यान्वयन गर्नुपर्ने बताएका छन्। 

राजनीतिक रूपमै पक्ष र विपक्षमा धारणा बनाउँदा परियोजना नै गलत हो कि भन्ने भ्रम पनि सिर्जना भएको उपाध्यक्ष कँडेलले बताए। केही वर्षभित्रै विद्युतको ठूलो राष्ट्रिय प्रसारणलाइन आवश्यक पर्ने भएकोले सरकारले एमसीसी स्वीकृत नभएपनि परियोजनालाई अगाडि बढाउनुपर्ने बताए।

उपाध्यक्ष कँडेलले एमसीसीमा समावेश गर्ने भनिएका परियोजनाहरूलाई रूपान्तरकारी आयोजनाको रूपमा १५ औं योजनामा समेत समावेश भइसकेकोले सरकारले परियोजना निर्माण कार्यलाई तीव्रता दिएको बताए। तर, पूँजी अपर्याप्तताका कारण एमसीसी आवस्यक पर्ने देखिएको पनि बताए।

उपाध्यक्ष कँडेलले राष्ट्रिय योजना आयोगले नै एमसीसी परियोजनालाई १५ औं योजनामा समावेश नगरेको पनि स्पष्ट पारे। उर्जा मन्त्रालयबाट निर्णय भएर आएको परियोजनालाई आयोगले पहिचान गरी रूपान्तरणकारी आयोजनामा समावेश गरेको उनको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.