|

भद्रपुर (झापा) : झापाका तीन अस्पतालमा बुधवारदेखि कोरोना भाइरसविरुद्धको खोप लगाउन सुरु गरिएको छ।

जिल्ला स्वास्थ्य कार्यालय झापाले मेची प्रादेशिक अस्पताल भद्रपुर, अनारमनी अस्पताल बिर्तामोड र दमक अस्पताल दमकमा एकैसाथ खोप लगाउन सुरु गरिएको हो। मेची प्रादेशिक अस्पतालमा भद्रपुरमा डा मनिष सुवेदीले पहिलो खोप लगाएर उद्घाटन गरेका थिए।

झापा प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले कोरोनाको महामारीबाट बच्न सरकारले कोरोनाविरुद्धको खोप ल्याएको र यस अभियानलाई सफल बनाउन सबै लाग्नुपर्ने बताए।

स्वास्थ्य कार्यालय झापाका निमित्त प्रमुख ईश्वरी पौडेलले झापामा ११ हजार डोज खोप प्राप्त भएको जानकारी दिए। पहिलो चरणमा ९ हजार २७३ जनालाई खोप लगाउने उनले बताए। मेची अस्पतालमा भद्रपुर नगरपालिका, मेचीनगर नगरपालिका, हल्दिबारी गाउँपालिका र कचनकवल पालिकाका लागि खोप अभियान सञ्चालन गरिएको छ।

अनारमनी अस्पतालमा बिर्तामोड नगरपालिका, अर्जुनधारा नगरपालिका, बुद्धशान्ति गाउँपालिका, झापा गाउँपालिका, कनकाई नगरपालिका र बाह्रदशी पालिका र  दमक अस्पतालमा दमक नगरपालिका, गौरादह नगरपालिका, गौरीगञ्ज गाउँपालिका, कमल गाउँपालिका र शिवसताक्षी नगरपालिकाका लागि खोप अभियान सञ्चालन गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.