|

काठमाडौं : नेपाली लेगस्पिनर सन्दीप लामिछानेले तेस्रो पटक अष्टेलियाको चर्चित बिगबास लिग खेले। लगातार दुई सिजन मेलबर्न स्टार्सबाट बिबिएल खेलेका सन्दीपले यसपटक होबार्ट हरिकेन्सबाट खेलेका हुन्।

सन्दीपले बिबिएलमा होबार्टका लागि २ जनवरीमा ‘डेब्यू’ गरे। पूर्वक्लब मेलबर्न स्टार्सविरुद्ध सुरुवाती–११ मा पर्दै सन्दीपले हरिकेन्सका लागि डेब्यू गरेका थिए।

डेब्यू म्याचमा सन्दीपले उत्कृष्ट प्रदर्शन गरेका थिए। उनले उक्त खेलमा ३८ रन खर्चिएर २ विकेट लिएका थिए। उक्त खेलमा मेलबर्नका हिल्टन कार्टराइटलाई बोल्ड गरेका उनले विकेट किपर बेन म्याकडर्मोटलाई क्याच आउट गराए। यो खेलमा हरिकेन्स २१ रनले विजयी भएको थियो।

सन्दीपले दोस्रो म्याच पनि मेलबर्न स्टार्सविरुद्ध नै खेले। उक्त खेलमा पनि सन्दीपले राम्रै प्रदर्शन गरे। त्यस खेलमा सन्दीपले ४ ओभरमा ३६ रन खर्चेर एक विकेट लिए। मेलबर्नका कप्तान तथा विस्फोटक ब्याट्सम्यान ग्लेन म्याक्सवेललाई ‘एल्बिडब्यू’ आउट गरे। यो खेल होबार्टले जित्न सकेन। मेलबर्न यस खेलमा १० रनले विजयी भएको थियो।

आफ्नो तेस्रो खेलमा सन्दीपले किफायती बलिङ गरे। सिड्नी थन्डरविरुद्ध ४ ओभर बलिङ गरेका सन्दीपले ४ ओभरमा २३ रन दिएर १ विकेट लिए। कलुमफर्ग्युसनलाई जोहानबोथाको हातबाट क्याच आउट गराए। सन्दीपले राम्रो बलिङ गरे पनि टिमले जित हात पार्न सकेन। उक्त खेलमा सिड्नी ३९ रनले विजयी भएको थियो।

व्यक्तिगत चौथो म्याच सन्दीपले पर्थ स्कोरचर्सविरुद्ध खेले। उक्त खेलमा सन्दीप विकेट विहीन बने। ३ ओभर बलिङ गर्न पाएका सन्दीपले २३ रन खर्चेर विकेट लिन सकेनन्। उक्त खेलमा पनि होबार्ट हरिकेन्स पराजित भएको थियो। होबार्टले दिएको १ सय ४० रनको लक्ष्य पर्थले १६.२ ओभरमा मात्र एक विकेट गुमाएर भेट्टाएको थियो।

पाँचौंम्याचमापनि सन्दीपविकेटविहीन नै बने। सिड्नी थन्डरविरुद्ध ४ ओभर बलिङ गरेका सन्दीपले बिनाविकेट २८ रन खर्चिर। सन्दीपविकेटविहीन बने पनिउक्त खेल होबार्टले जित्यो। विकेटकिपर बेन म्याकडर्मोटले ९६ रनको शानदार इनिङ्स खेलेपछि होबार्टले उक्त खेल ६ विकेटले जितेको थियो।

लगातार दुई खेलमाविकेटविहीन बनेका सन्दीपले आफ्नो छैटौं खेलमाभने शानदार प्रदर्शन गरे। उनले पर्थ स्कोरचर्सविरुद्ध ४ ओभरमा २७ रन खर्चिएर २ विकेट लिए। उक्तम्याचमासन्दीपले पर्थकाअलराउन्डर मिचेल मार्श र लायम लिभिन्स्टोनलाई आउट गरेकाथिए। सन्दीपले उत्कृष्ट बलिङ गरेपनिउक्त खेलमा टिम भने पराजितभयो। उक्त खेलमापर्थले होबार्टमाथि २२ रनको जितनिकालेको थियो।

आफ्नो सातौं खेलमापनि सन्दीपले सिजकै उत्कृष्ट बलिङ प्रदर्शन गरे। उनले सिड्नीसिक्सर्सविरुद्ध ४ ओभरमा २४ रन खर्चिएर २ विकेट लिए। १०औँ सिजनको बिबिएलमा यो नै सन्दीपको उत्कृष्ट बलिङ प्रदर्शन हो। उक्त खेलमाहोबार्ट ७ रनले विजयी भएको थियो।

लिग चरणको अन्तिम खेल तथा महत्वपूर्ण खेलमा सन्दीप विकेटविहीन बने। मंगलबार मेलबर्न रेनेगेड्सविरुद्धको महत्वपूर्ण खेलमा सन्दीपले ४ ओभरमा बिनाविकेट ३५ रन खर्चिए। 

सन्दीपले यो सिजनमा ८ खेलमा ७.५५ को इकोनमीमा ८ विकेट लिए। जस क्रममा उनी तीन खेलमा भने विकेटकविहीन भएका थिए।

विगतभन्दा यो पटक सन्दीपका लागि बिबिएल निराशाजनक रह्यो। कोरोनामुक्तपछि अष्ट्रेलिया उडेकाउनले सुरुवातदेखि नै शानदार लय देखाउन सकेनन्।

नेपालबाट अष्ट्रेलिया उड्न ढिलाइ गरिसकेकाले सन्दीपले बिबिएलका सुरुवात ६ म्याच गुमाए। जसकारण पनि उनले यो पटक धेरै विकेट लिन सकेनन्।

सन्दीपको प्रदर्शन उत्कृष्ट नुहँदा पनि होबार्ट प्लअ‍ेफ नपुग्दै बाहिरिएको हो। मंगलबार मेलबर्न रेनेगेड्ससँग ११ रनले पराजित हुँदै होबार्ट प्रतियोगिताबाट बाहिरिएको हो।

सन्दीप २०१८–१९ को सिजनका लागि मेलबर्न स्टार्समा जोडिएका थिए। उनले पहिलो सिजनमा सातम्याचमा ११ विकेट लिएका थिए। सो सिजनमा उनको उत्कृष्ट प्रदर्शन ११ रन दिएर ३ विकेट लिनु थियो।

२०१९–२० मा पनि सन्दीपले मेलबर्नबाटै बिबिएल खेले। सो संस्करणमा उनले मेलबर्नका लागि १३ म्याचमा ७.४४ को इकोनमीमा १५ विकेट लिएका थिए। नवौँ सिजनको बिबिएलमा उनको उच्च प्रदर्शन २६ रन दिएर ३ विकेट लिनु थियो।

तीनवर्षे बिबिएल करिअरमा सन्दीपले २९ म्याचमा ७.३६ को इकोनमी रेटमा ३४ विकेट लिएका छन्। उनले २९ म्याचमा ७४८ रन दिँदा २२३ बल डट फ्याकेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.