|

काठमाडौं : उखु किसानलाई  भुक्तानी नदिएको आरोपमा अन्नपूर्ण एवं इन्दिरा सुगर मिलका सञ्चालक राकेश अग्रवाल पक्राउ परेका छन्।

उनलाई गएराति काठमाडौंकाे त्रिपुरेश्वरस्थित घरबाटै  पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहले जानकारी दिए।

अग्रवालविरुद्ध ठगी सम्बन्धी कसूरमा किटानी  परेको सिंहको भनाइ छ। उखु किसानले भुक्तानी नपाएको भन्दै काठमाडौंको माइतीघरमा झण्डै एक महिना लामो आन्दोलन गरेका थिए। सरकारले उखु किसानको भुक्तानी दिलाइदिने आश्वासन दिएपछि उनीहरु आन्दोलन स्थगित गरेर घर फर्किएका थिए। 

अग्रवाल उखु किसानलाई भुक्तानी नदिएको अभियोगमा २०७५ कात्तिकमा पनि पक्राउ परेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.