|
सांकेतिक तस्वीर ।

कपिलवस्तु :कपिलवस्तुको शुद्धोधन गाउँपालिकामा भारतबाट अवैध रूपमा भित्र्याइएको ६ क्विन्टल माछा नष्ट गरिएको छ।

बुधवार साँझ साढे चार बजे शुद्धोधन-६, गदहवाबाट प्रहरीले ८ वटा साइकलमा राखेर भारतीय सीमाबाट नेपाल ल्याउँदै गर्दा ६ क्विन्टल माछा जफत गरेको थियो।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार नेपालमा प्रतिबन्धित माङ्गुर र बैखी जातका ८ क्यारेट माछा समातिएको जानकारी दिए। 

जफत गरिएको माछाको मूल्य २ लाख ४० हजार रुपैयाँ बराबर पर्छ। सञ्चारकर्मी र जनप्रतिनिधिको रोहवरमा खाडलमा हालेर माछा नष्ट गरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.