काठमाडौं : भक्तपुरको हनुमानघाटमा एक महिना लामो माधवनारायणको व्रत सुरु भएको छ। प्रत्येक वर्षको पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म यो व्रत बस्ने परम्परा छ।
माधवनारायणको व्रत बस्ने व्रतालुहरूले व्रत सुरु हुने अघिल्लो दिन निराहार बस्नु पर्ने, बिहानै त्रिवेणीमा स्नान गरी चोखो जल तथा पूजा सामग्रीले माधवनारायणलाई पूजा गर्नुपर्ने, शंखजल ग्रहण गरी मन्त्रोच्चारण गर्नुपर्ने, शंखजल ग्रहण गरेपछि कसैलाई छुन नहुने तथा जुत्ता लगाउन नहुने परम्परा छ।
पुरुष व्रतालुहरुले शरीरमा एकसरो सेतो कपडा लगाएर खोलामा स्नान गरिसकेपछि जमिनमा घस्रँदै मन्दिरमा दर्शनका लागि जाने गर्छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।