|

काठमाडौं : मुलुकभर दुई दिनमा २८ हजार ७ सय ३२ व्यक्तिले कोभिडविरुद्ध 'कोभिसिल्ड' खोप लगाएका छन्। आज(बिहीबार) १९ हजार ६ सय ४८ जनाले खोप लगाएका छन्। पहिलो दिन ९ हजार ८४ व्यक्तिले खोप लगाएका थिए।

प्रदेश १ मा ३ हजार ८ सय ४७, प्रदेश २ मा २ हजार १ सय ४७, बागमतीमा ११ हजार ४ सय ६१, गण्डकीमा ४ हजार ८ सय ५३, लुम्बिनीमा २ हजार ३ सय ३,कर्णालीमा १ हजार ६ सय ७७  र सुदूरपश्चिममा २ हजार ४ सय १७ जनाले खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

खोप लगाएका कुनै पनि व्यक्तिमा असर नदेखिएको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताएका छन्। यद्यपि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा कोभिडविरुद्ध खोप लगाएका ६ जना स्वास्थ्यकर्मीमा भने सामान्य असर देखिएको थियो। अस्पतालका ३ जना डाक्टरसहित २ नर्स अन्य १ जनामा खोपको असर देखिएको अस्पतालका निर्देशक डा दिनेश काफ्लेले बताएका थिए। 

उनले भने, 'पहिलो चरणको प्राथमिकतामा परेका व्यक्तिलाई खोप लगाउन समन्वय गरिदिनू। स्वास्थ्यकर्मी, सफाइकर्मी, एम्बुलेन्स चालक, शववाहन चालक र सहचालक, खोप केन्द्रमा खटिएका सुरक्षाकर्मी र स्वयंसेवक, अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारी, वृद्धाश्रमका केही, हेरचाह र व्यवस्थापनमा खटिने कर्मचारी र कैदीबन्दी र सुरक्षाकर्मीलाई खोप लगाउनू।' ​

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.