|

ओखलढुंगा : ओखलढुंगाको रामपुरमा नेकपा ओली समूहको बृहत् जनसभामा संविधान सभा सदस्य बालकृष्ण ढुंगेलले आफूलाई उछिन्न प्रचण्ड–माधव समूहलाई चेतावनी दिएका छन्। 

जिल्ला सदरमुकामबाट १६ किलोमिटर टाढा वरुणेश्वरमा नेकपाले जनसभासहित बृहत प्रदर्शन गरेको हो। त्यस क्रममा ढुंगेलले संघर्ष, यातना, साहस र आन्तरिक मित्रदेखि वर्ग दुश्मनले सँगै लखेट्ने र उस्तै अपमान दिँदा पनि अझै केही गर्न तम्सेको बताए।

सडक आन्दोलन गरिरहेको नेकपाको एउटा समूह विकास र समृद्धिको बाधक बनिरहेको अवस्थामा ओली सरकारलाई अहिले काम गर्न दिऊँ बाँकी काम चुनावपछि गर्नेगरी ओलीकै नेतृत्वलाई स्विकार गर्नसमेत ढुंगेलले अनुरोधसमेत गरे।  

संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङको प्रमुख आतिथ्यतामा भएको जनसभामा जिल्ला सदरमुकाम तथा आसपासका स्थानबाट सर्वसधारण तथा पार्टी कार्यकर्ताको उपस्थिति थियो।

कार्यक्रममा प्रदेश १ का भौतिक पूर्वाधार विकास राज्यमन्त्री अम्बिरबाबु गुरुङलगायत नेताले पनि सम्बोधन गरेका थिए। ​

कार्यक्रमा मन्त्री नेम्बाङले मुलधारको नेकपा ओली नेतृत्व नै भएको जिकिर गर्दै वर्तमान सरकारले जनताका सबै अभिभारा पूरा गर्ने लक्ष्य राखेको पनि बताए।

पार्टीभित्रको अन्तरद्वन्द्वले जनताले दिएको जिम्मेवारी र अभिभारा पूरा गरिनसकिएको भन्दै जनताबीच जान बाध्य भएको पनि तर्क गरे। अहिले यो निर्णय गर्न नरमाइलो लागेको भए पनि निर्वाचनपछि ओली नेतृत्वको सरकारले जनताले सुम्पेको अभिभारा पूरा गर्ने उनले दाबी गरे। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.