|

सिमरा (बारा) : नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष शेखर गोल्छाले सरकार र राजनीतिक दलहरुले निजी क्षेत्रलाई खलनायकको रुपमा हेर्ने गरेको गुनासो गरेका छन्।

बाराको जितपुरस्थित नगर उद्योग वाणिज्य संघको नवनिर्मित भवन उद्घाटनमा अध्यक्ष गोल्छाले सरकार र राजनीतिक पार्टीहरुले नेपालको निजी क्षेत्रलाई नाफाखोरको आरोप लगाउँदै खलनायकको रुपमा हेर्ने गरेको टिप्पणी गरेका हुन्।

‘हामी खलनायक होइनौं हामीले गर्दा देशको अर्थतन्त्र चलेको छ, यो राज्य चलेको छ,’ अध्यक्ष गोल्छाले भने, ‘त्यसैले सम्पूर्ण निजी क्षेत्रले अव आफूलाई नायकको रुपमा प्रस्तुत गर्न सक्नुपर्छ। जबसम्म हामी नायकको रुपमा अगाडि बढ्न सक्दैनौं तबसम्म रोजगारीको सिर्जना गर्न र राजस्व तिर्न सक्दैनौं।’
  
कोभिड १९ मा सरकारले गरेको लकडाउनमा उद्योगहरु चार महिना बन्द हुँदा पनि उद्योगहरुवाट ९० प्रतिशत राजस्व संकलन भएको उनले दाबी गरे।  अध्यक्ष गोल्छाले बाराको सिमरास्थित विशेष आर्थिक क्षेत्र प्राधिकरण (सेज)भित्र उद्योग सञ्चालनका लागि निजी क्षेत्रलाई सहुलियतमा जग्गा उपलब्ध गराउन सरकारसँग माग गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.